भारतमा ओला एस वानको बुकिङ २८ जुलाईदेखि सुरु हुने

  • Technology Khabar | ८ श्रावण २०८०, सोमबार
भारतमा ओला एस वानको बुकिङ २८ जुलाईदेखि सुरु हुने

काठमाडौं ।

ओला इलेक्ट्रिकले एस वान एयर इलेक्ट्रिक स्कुटरको बुकिङ भारतमा २८ जुलाईदेखि शुरु गर्ने घोषणा गरेको छ। एस वान प्रो कम्पनीको फ्ल्यागशिप मोडलको रुपमा रहेको छ।

२८ जुलाई अघि एस वान एयर बुकिङ गर्ने ग्राहकले १ लाख ९ हजार ९९९ भारुको सुरुवाती मूल्यमा स्कुटर प्राप्त गर्ने कम्पनीले घोषणा गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। स्कुटर खरिद गर्ने समय अवधि सिमित छ र यो २८ जुलाईदेखि ३० जुलाईसँग खुल्ला रहनेछ।

त्यस पछि अन्य ग्राहका लागि खरिद विन्डो ३१ जुलाईदेखि सुरु हुनेछ। यसका लागि १ लाख १९ हजार ९९९ भारु तिर्नु पर्नेछ र डेलिभरी अगष्टदेखि सुरु हुन सक्छ। पछिल्लो समय कम्पनी लगातार रुपमा ओला एस वान एयर परीक्षणमा रहेको थियो र केही समय अघि मात्र यसको बारेमा खुलासा गरेको थियो।

केही कम फिचर्स र मूल्यका साथ उपलब्ध ओला एस वान एक अर्बन इलेक्ट्रिक स्कुटर हो। ३ किलोवाट क्षमताको ब्याट्रीले १२५ किलोमिटर रेञ्ज प्रदान गर्छ।

ओला एस वान एयर इलेक्ट्रिक स्कुटरले ९० किलोमिटर प्रति घण्टाको टप स्पीड प्रदान गर्छ। एस वान एयर तीन भर्सन २ किलोवाट, ३ किलोवाट र ४ किलोवाट विकल्पमा उपलब्ध छ। यसमा ४.५ किलोवाटको मोटर दिइएको छ। कम्पनीले ओला एस वान एयर इलेक्ट्रिक स्कुटरमा ३ वर्षको वारेन्टी दिएको छ।

प्रकाशित: ८ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • ८ श्रावण २०८०, सोमबार