सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइन मार्फत लिन सकिने

  • Technology Khabar | ६ श्रावण २०८०, शनिबार
सानिमा बैंकको ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको जानकारी अनलाइन मार्फत लिन सकिने

काठमाडौं ।

सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्क्यान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिनेछ।

यसैगरी, बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यस अन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिने जानकारी दिएको छ।

यस सुविधाको सुरुवातसँगै नक्कली गुड फर पेमेन्ट चेक र नक्कली गुड फर पेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले उल्लेख गरेको छ।

प्रकाशित: ६ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार