Technology Khabar ७ पुष २०७४, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ७ पुस । नेपालमा भर्खरै फोरजी प्रविधिको चर्चा चलिरहेको छ तर विश्वका अन्य मुलुकहरुमा भने फाइभ जी (5G) को चर्चा भईरहेको छ ।
विश्वभरका सबैजसो क्यारियरहरु अर्थात मोबाइल सेवा प्रदायकहरुले ५जी नेटवर्क सार्वजनिक गर्ने तरखरमा रहेका छन तर अझैपनि यो विषयमा स्पष्ट कदम चालिएको थिएन् ।
हालै विश्वको वायरलेस प्रविधिको बारेमा निर्णय गर्ने थ्रीजीपीपी(3GPP) वायरलेस गभर्नेन्स अर्गनाइजेसनले पहिलो आधिकारिक ५जी स्ट्याण्डर्ड पेश गरेको छ, जसलाई ५जी एनआर नाम दिईएको छ ।
संस्थाले ५जी नेटवर्कका लागि आवश्यक पर्ने हार्डवेयरहरुको स्पेशिफिकेसन समेत तोकेको छ ।
५जीको स्तरलाई औपचारिकरु दिनुको अर्थ आगामी दिनमा क्यारियर कम्पनी तथा हार्डवेयर निर्माताहरुले सोहि आधारमा यसको विकास गर्न सक्ने संभावना रहन्छ । संस्थाले आगामी दिनमा ५ जीलाई अगाडि बढाउने उदेश्यका साथ यसको सम्पूर्ण कार्यलाई अगाडि बढाएको हो ।
५जी चलाउनका लागि संगठनले यसको निश्चित वायरलेस ब्याण्ड पनि तोकेको छ । यसको लागि ६०० मेगाहर्जदेखि ५० गीगाहर्जको रेन्जसम्म सिग्नल पुर्याउन सकिने बताईएकोछ भने यसकोे स्पेक्ट्रम ६०० र ७०ण् मेगाहर्ज ब्याण्ड तोकिएको छ ।
टि मोबाइल र भेरिजोनले यसअघि नै सन् २०१८ र २०१९ भित्र ५जी नेटवर्क शुरु गर्ने प्रतिबद्धता जाहेर गरिसकेका छन् ।
विश्वका विभिन्न मुलुकसहित छिमेकी भारतमा पनि परिक्षण भईसकेको ५जी प्रविधि केहि वर्षभित्रै शुरु हुनेछ । तर यो प्रविधि नेपालमा आउन भने अझै धेरै समय लाग्ने देखिन्छ । भर्खरै मात्र फोरजीमा पाईला टेकेको नेपालमा अझै प्रमुख शहरी क्षेत्रबाहेक अन्य स्थानमा फोरजी पुग्न सकेको छैन् । कयौं स्थानमा त २जीमा नै चित्त बुझाउनुपर्ने अवस्था पनि रहेको छ ।
यस्तो छ ५ जीको स्ट्याण्डर्ड
फाईभ जी हुनको लागि न्यूनतम यी आवश्यकताहरु पुरा गरिनुपर्दछ ः
-दशौं हजार प्रयोगकर्ताहरुका लागि कम्तिमा प्रति सेकेण्ड दश मेगाबाईटको दरमा डाटा आदान प्रदान हुनुपर्दछ ।
-महानगरिय ईलाकाहरुमा कम्तिमा १०० मेगाबाईट प्रति सेकेण्डको दरमा डाटा आदान प्रदान हुनुपर्दछ ।
-एउटै कार्यालयको सोहि तल्लामा यस्तो डाटा १ गीगाबाईट प्रतिसेकेण्डले निरन्तर आदान प्रदान हुनुपर्दछ ।
-यसमा फोरजीको भन्दा कयौं गुणा स्पेक्ट्रमको क्षमता बढि हुन्छ ।
-यसमा एलटिईमा भन्दा कम मात्र डाटा गुम्ने अवस्था हुन्छ ।
प्रकाशित: ७ पुष २०७४, शुक्रबार