
काठमाडौं ।
यस वर्षको सुरुमा प्रारम्भिक हिचकिचाहटहरूको बावजुद जर्मनीले विशेष गरी ई–बाइक उद्योगमा उल्लेखनीय वृद्धि देखेको र उक्त गतिमा सुस्तता आउने कुनै संकेतहरू नदेखाएको बताइएको छ। गत मे महिनामा अनुकूल मौसमका कारण ई–बाइकको लोकप्रियता फेरि बढ्न पुगेको बताइएको छ।
२०२३ को मे महिनाको अन्त्यसम्ममा जर्मनीले १० लाखभन्दा बढी विद्युतीय बाइक उत्पादन गरेको थियो भने गत वर्षको सोही अवधिको तुलनामा उक्त उत्पादनमा उल्लेखनीय रुपले पाँच प्रतिशत वृद्धि भएको बताइएको छ। साथै देशले सामना गरेको चुनौतीपूर्ण आर्थिक वातावरणलाई ध्यानमा राख्दै उक्त वृद्धि विशेष गरी प्रभावशाली भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
ज्वाईर्याड–इण्डस्ट्री–भरब्यान्ड (जेडीआईवी) का प्रबन्ध निर्देशक बर्खार्ड स्टकले जर्मन ई–बाइक प्रकाशन ई–बाइक न्यूजद्वारा प्रकाशित एक रिपोर्टमा इभेन्ट्स (घटनाहरू) को उक्त अप्रत्याशित मोडको बारेमा छलफल गरेको बताइएको छ।
चलिरहेको युरोपेली युद्ध, मुद्रास्फीतिको चिन्ता, खरिद गर्न सामान्य अनिच्छुकता र प्रतिकूल मौसमको अवस्थालाई ध्यानमा राखेर सुरुका केही महिनामा बजारमा मन्दी आउने अनुमान गरेको स्टकले बताएको उल्लेख गरिएको छ। यद्यपि, राम्रो मौसमको आगमनले बाहिरी समयलाई बढावा दिएको र यसले उद्योगमा सकारात्मक परिवर्तन ल्याएको बताइएको छ।
जर्मन र अन्तर्राष्ट्रिय साइकल उद्योगहरूमा एक प्रख्यात संगठन जेडीआईवीले युरोपेली ई–बाइक क्षेत्रमा एक प्रमुख निकाय र प्रमुख सरोकारवालाको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ।
जर्मन कम्पनीहरुद्वारा उत्पादित सबै इलेक्ट्रिक बाइकहरु मध्ये लगभग ९० प्रतिशत जेडीआईवी सदस्य कम्पनीहरुद्वारा निर्मित भएको उल्लेख छ। तिनीहरूको उपस्थितिले उद्योगको स्थिर वृद्धि र विकास सुनिश्चित गरेका बताइएको छ।
त्यसै गरी घरेलु बजार बाहेक जर्मन निर्मित इलेक्ट्रिक साइकलले विश्वका अन्य भागहरूमा आकर्षण प्राप्त गरेको बताइएको छ। २०२३ को पहिलो त्रैमासिकमा आश्चर्यजनक रुपमा १९०,००० इलेक्ट्रिक बाइक निर्यात गरिएको उक्त संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय २८–प्रतिशतले वृद्धि भएको संकेत गरेको बताइएको छ। साथै उक्त निर्यातहरू उल्लेखनीय रूपमा युरोपेली संघ र युरोपेली स्वतन्त्र व्यापार संघ सदस्य राष्ट्रहरूमा बढि भएको उल्लेख गरिएको छ।
यस्तो बलियो निर्यात प्रदर्शनको साथ जर्मन ई–बाइक बजारले २०२३ को अन्त्य सम्ममा कुल दुई मिलियन इलेक्ट्रिक साइकलहरू उत्पादन गर्ने अनुमान गरिएको उल्लेख छ।
प्रकाशित: १६ असार २०८०, शनिबार