Technology Khabar ९ असार २०८०, शनिबार
काठमाडौं ।
चिनियाँ बजारमा भिभोको अर्को फ्ल्यागशिप फोन भिभो एक्स ९० एस, यहि जून २६ मा डेब्यु हुने तयारीमा रहेको छ।
ब्रान्डले अब आफ्नै अनलाइन स्टोर, सपिङ, र जीङ्गडङ्ग मलजस्ता आफ्ना च्यानलहरू मार्फत फोनमा रिजर्भेसनहरू सञ्चालन गरिरहेको छ।
जेडी डट कम मा उपलब्ध सूचीले एक्स ९० एसको कन्फिगरेसन र कलर भेरियन्टहरू प्रकट गरेको छ। भिभो एक्स ९० एस चिनियाँ बजारमा ८ जीबी र्याम प्लस २५६ जीबी भण्डारण, १२ जीबी र्याम प्लस २५६ जीबी भण्डारण, र १२ जीबी र्याम प्लस ५१२ जीबी भण्डारण गरि तीन ओटा एलपीडीडीआर ५ एक्स प्लस यूएफएस ४.० भण्डारण संयोजनहरूमा आइपुग्ने उल्लेख छ।
गत वर्ष नोभेम्बरमा डेब्यु गरिएको डायमेन्सिटी ९२०० ले एक्स ९० लाई उर्जा दिएको छ जुन १२८ जीबीको यूएफएस ३.१ भण्डारणको साथ पनि उपलब्ध गराइएको थियो। हाल एक्स ९० एसलाई कम्पनीले यूएफएस ४.० भेरियन्टहरूमा मात्र लन्च गर्न चाहेको देखिएको छ।
एक्स ९० जस्तै, एक्स ९० एस कालो, रातो र सेतो रंगहरूमा आउनेछ। यद्यपि, नीलोको सट्टा, कम्पनीले एक्स ९० एसलाई सिआन भेरियन्टमा बनाउने उल्लेख छ। हाल, उपकरणको मूल्य बारे भने कुनै जानकारी छैन।
रिपोर्टका अनुसार, एक्स ९० एसले सबै नयाँ डाइमेन्सिटी ९२०० प्लस चिपसेट र वाइ फाइ ७ जडानलाई समर्थन गर्नेछ। यसको अन्य स्पेसिफिकेशनहरू एक्स ९० सँग मिल्दोजुल्दो रहेकोछ।
भिभो एक्स ९० एसले घुमाउरो किनाराहरूका साथ ६.७८ इन्च एमोलेड डिस्प्ले फिचर गर्ने अपेक्षा गरिएको छ। यसले १.५ के रिजोल्युसन, १२० हर्ज रिफ्रेस दर, र इन – स्क्रिन फिंगरप्रिन्ट स्क्यानर प्रदान गर्नेछ। फोन एन्ड्रोइड १३ ओएसको साथ प्री इन्स्टल्ड हुनेछ जसको माथि ओरिजीन ओएस ३.० को तह हुनेछ।
यसमा १२० वाट द्रुत चार्जिङ समर्थनको साथ ४,८१० एमएएच ब्याट्री हुने उल्लेख गरिएको छ।
फोटोग्राफीको लागि, यसमा ३२ – मेगापिक्सेल फ्रन्ट क्यामरा र पछाडि ५० मेगापिक्सेल (मुख्य, ओआइएससंग) प्लस १२ मेगापिक्सेल (अल्ट्रा- वाइड) प्लस १२ मेगापिक्सेल (टेलीफोटो) ट्रिपल क्यामरा प्रणाली हुने पनि जानकारी दिइएको छ।
प्रकाशित: ९ असार २०८०, शनिबार