रियलमीका कर्पोरेट रणनीति ग्लोबल उपाध्यक्ष माधव सेठले ब्राण्ड छोडे, स्मार्टफोन ब्राण्ड अनरमा जाने चर्चा

  • Technology Khabar | ३ असार २०८०, आईतवार
रियलमीका कर्पोरेट रणनीति ग्लोबल उपाध्यक्ष माधव सेठले ब्राण्ड छोडे, स्मार्टफोन ब्राण्ड अनरमा जाने चर्चा

काठमाडौं ।

रियलमी कम्पनीबाट माधव सेठले राजीनामा दिएका छन्। गत साता उनले आफ्नो ट्विटर अकाउन्ट मार्फत यो कुराको आधिकारिक जानकारी दिएका हुन् । मार्च महिनाको सुरुमा माधव सेठले रियलमी इन्डिया प्रमुखको पदबाट राजीनामा दिएको खबर आएको थियो। त्यसपछि उनी कम्पनीको व्यापार र कर्पोरेट रणनीति ग्लोबलको उपाध्यक्ष नियुक्त भए।

हालै आएका धेरै रिपोर्टहरूकाअनुसार माधव सेठ चाँडै अनर कम्पनीमा संलग्न हुन सक्ने बताइएको छ। जुलाईको अन्त्यसम्ममा यो कम्पनीले भारतीय बजारमा फेरी आफ्ना स्मार्टफोनहरू लन्च गर्न सक्नेछ।

माधव सेठले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा जून १४ मा एक लामो नोट साझा गरेका छन्। यस नोटमा उनले ५ वर्षको लामो यात्रापछि अब रियलमीलाई अलविदा भनिरहेको जानकारी दिएका छन् । उनले आफ्नो नोटमा लेखे, “अलविदा धेरै निराशाजनक हुन सक्छ, तर जबसम्म हामी फेरि भेट्दैनौं त्यसबेलासम्म संसार धेरै सानो छ। अहिलेको लागि अलविदा, तर हाम्रा मार्गहरू चाँडै फेरि भेट्नेछन्।”

यसैबीच ईटीले उनी अनरमा सहभागी हुने रिपोर्ट गरेको छ। ह्वावेबाट छुट्टिएको अनरको हाल भारतीय बजारमा उपस्थिति निकै कमजोर रहेको छ। उनी गएसँगै ब्राण्डले ‘कमब्याक’ गर्ने रिपोर्टमा उल्लेख छ।

नेपालमा भने अनर ब्राण्ड पहिलेदेखि नै उपलब्ध रहेको छ। हाल विभिन्न कम्पनीहरुले नेपालमा अनरका फोनहरु आयात गरिरहेका छन्।

स्मरणरहोस् नेपाली बजारमा रियलमीले शंकर ग्रुपसँग सहकार्य गर्दा २०७८ साउनमा सेठ नेपालमा बजार बिस्तार गर्न आएका थिए। उनले त्यसबेला रियलमीलाई प्रमुख ब्राण्ड बनाउने बताएका थिए।

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार