ह्वावेको सहकार्यमा डिजिटल नेपाल कन्क्लेभ हुँदै, मोबाइल नेपाल कंग्रेससमेत आयोजना गरिने

  • Technology Khabar | ३ असार २०८०, आईतवार
ह्वावेको सहकार्यमा डिजिटल नेपाल कन्क्लेभ हुँदै, मोबाइल नेपाल कंग्रेससमेत आयोजना गरिने

काठमाडौं ।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्ने सम्बन्धमा ह्वावे  र आइसिटि फाउण्डेसन नेपाल (आइएफएन) ले सहकार्य गरेका छन्। कार्यक्रमको उद्देश्य नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू, विचारधाराका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्नु रहेको छ ।

ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले सम्बन्धित संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन्।

कार्यक्रम असार ८ र ९ गते सोल्टी होटल काठमाडौंमा हुनेछ। “डिजिटल्ली सक्षम, सबल नेपाल” भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससंग सम्बन्धित आवश्यक नीति नियमहरु र तिन्को कार्यान्वयन पक्षमाथि विशेष जोड दिने बताईएको छ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्नेछ।

ह्वावेले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र एमएनसीको लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुको रुपमा आफ्नो मार्ग निर्देशिका तय गरेको छ।

ह्वावेले मोबाइल नेपाल कांग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई तिब्रता दिनको लागि देशमा विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याएर यसको सान्दर्भिकता र व्यापारको सम्भावनामा योगदान हुने विश्वास लिएको छ।

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...