ह्वावेको पहिलो एओडी वाच यस वर्षको अन्त्यमा लन्च हुने अपेक्षा

  • Technology Khabar | २ असार २०८०, शनिबार
ह्वावेको पहिलो एओडी वाच यस वर्षको अन्त्यमा लन्च हुने अपेक्षा

काठमाडौं ।

ह्वावेले आफ्नो स्मार्टवाच लाइनअपमा एओटी (अलवेज अन डिस्प्ले) वाच थप गर्ने तयारी गरिरहेको छ। ह्वावेको स्मार्टवाच लाइनअपमा एओटी वाच छैन।
यस वर्षको अन्त्यमा सार्वजनिक गर्ने तयारी गरिएको वेयरएबलमा राउण्ड डायल र दायाँ छेउमा क्राउन समावेश गरिएको छ। यसले लोकप्रिय वाच मोडल ३ को सम्झना दिलाउने गिजमोचाइनाले उल्लेख गरेको छ।

ह्वावे हेल्थ एपमा देखिएका स्क्रिनसटहरू आगामी स्मार्टवाचको अस्तित्व पुष्टि गर्दछ।

वाचको फेसले क्यालेन्डर, स्टेप्स काउन्टर, ब्याट्री स्तर, समय, मौसम, हृदय गति, अलार्म, र सुत्ने समय रिमाइन्डर सहित उपयोगी विजेटहरूको रेञ्ज प्रदर्शन गर्दछ। बेजेलहरू ध्यान दिएर हेर्दा, तिनीहरू अनवश्यक देखिदैनन्। यद्यपि यो अन्तिम डिजाइन नभएकाले वाच सार्वजनिक हुँदा यसमा थप परिवर्तनको आश गर्न सकिन्छ।

एओडी वाचको स्ट्यान्डआउट विशोष्ता भनेको अलवेच अन डिस्प्ले हो। ह्वावे स्मार्टवाच सिरिजको यो पहिलो हो।

यद्यपि कम्पनीले यसको फङसनालिटीलाई अघिल्लो मोडलहरु जस्तै वाच ३/जीटी ३ कार्यान्वयन गरेको छ। एओडी वाचले समर्र्पित र परिष्कृत एओडी क्षमता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

अलवेज अन डिस्प्ले स्मार्टफोनहरुमा लोकप्रियता हासिल गरेका छन्। एप्पलले आफ्नो आईफोनमा पनि यो फिचर समावेश गरिएको छ। एओडीले प्रयोगकर्तालाई स्क्रीन नचलाई समय र सूचनाहरु जस्ता महत्वपूर्ण जानकारीहरु सहजै पहुँच गर्न अनुमति दिन्छ।

ह्वावेले यो नयाँ स्मार्टवाचको साथ एओडी अनुभवलाई अप्टिमाइज गर्ने लक्ष्य राखेको छ। यसबाट न्यूनतम बिजुली खपतबाट उच्च प्रदर्शनको सुनिश्चित हुन्छ।

हालैका महिनाहरुमा स्मार्टवाचको कोडहरु लीक भएका छन्। जसको मोडल ‘एओडी–एच१’ रहेको छ। यसलाई ह्वावेको आगामी एओडी वाच भएको अनुमान गरिएको छ। यस उत्पादनको विषयमा ह्वावेको तर्फबाट कुनै आधिकारिक घोषणा आएको छ।

प्रकाशित: २ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार