भिभोको सब ब्राण्ड आइक्यूओओको नयाँ स्मार्टफोन “११ एस” का तस्विर साझा

  • Technology Khabar | २ असार २०८०, शनिबार
भिभोको सब ब्राण्ड आइक्यूओओको नयाँ स्मार्टफोन “११ एस” का तस्विर साझा

काठमाडौं ।

भिभोका उपाध्यक्ष जिया जिङ्दोङले आइक्यूओओ ११ एस स्मार्टफोनका तस्विरहरु साझा गरेका छन्। ११ एसका बारेमा विभिन्न चर्चा भइरहेका बेला भिभो पोस्ट मार्फत, उपाध्यक्ष जिङ्दोङले उक्त तस्विरहरु साझा गरेका हुन्।

बिहीबार “हङझाउ एसियाली खेलकुद” को १०० दिनको काउन्टडाउनको क्रममा उपाध्यक्ष  जिङ्दोङले सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाउमा आयोजना हुने १९औँ एसियाली खेलकुदका लागि आधिकारिक फोन प्रायोजकको रूपमा हस्ताक्षर समारोहमा भाग लिएका थिए।

भिभोले हाङ्झाउ एसियाली खेलकुदका लागि विशेष आधिकारिक मोबाइल फोन प्रायोजकको स्थिति सुरक्षित गरेको छ।

यो साझेदारीले कार्यक्रमभर भिभोका आगामी स्मार्टफोनहरू, जस्तै भिभो एक्स ९०एस र आइक्यूओओ ११ एसको समर्थन र प्रवर्द्धन समावेश गर्नेछ। कम्पनीले दुबै स्मार्टफोनको तस्विरहरू साझेदारी गर्दै आधिकारिक घोषणा गर्न आफ्नो वेइबो ह्यान्डल प्रयोग गरेको थियो।

आइक्यूओओ ११ एस आगामी स्न्यापड्रयागन ८ प्लस जेन २ चिपको साथ विश्वको पहिलो फोनको रूपमा आइपुग्ने बताइएको छ।

स्मार्टफोनले अन्य विशेषताहरू प्रदान गर्ने पनि अपेक्षा गरिएको छ। फोनमा ६. ७८ इन्च ई ६ एमोलेड क्यूएचडी प्लस १४४ हर्ज स्क्रिन, डिस्प्ले चिप र फिंगरप्रिन्ट सेन्सरसँग एकीकृत एक १६ मेगापिक्सेल फ्रन्ट क्यामरा, तथा पछाडि ५० मेगापिक्सेल सोनी आइएमएक्स ८६६ भीसीएस प्राथमिक क्यामरा सहितको हुनेछ।

त्यस्तै, २०० वाट चार्जिङको साथ डिभाइस ४,७०० एमएएच ब्याट्री, तथा १६ जीबीसम्मको एलपीडीडीआर ५ एक्स र्याम, ५१२ जीबीसम्म यूएफएस ४.० भण्डारण, र ओरीजन ओएस ३.० सहितको एन्ड्रोइड १३ ओएस समावेश हुनेछ। यो डिभाइसको मूल्य बारे भने कुनै जानकारी छैन।

प्रकाशित: २ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...