
काठमाडौं ।
काठमाडौं, ४ मंसिर । सिजी ब्राण्डले ३ नयाँ मोडलका इलेक्ट्रीक वाटर हिटर बजारमा ल्याएको छ ।
सिजीका हिटरहरु १०, १५ र २५ लिटरमा उपलब्ध छन् । हिटरमा अर्थ लिकेज सर्किट ब्रेकर लगायतका विशेषता छन् । सो प्रविधिले करेन्टलाई लिकेज हुन र आगलागीबाट जोगाउने कम्पनीको दाबी छ ।
यसमा उच्च गुणस्तरको हिटिङ तत्व रहेको कम्पनीले जनाएको छ । जसको मद्दतले अधिकतम आयु र न्यूनतम शक्ति खपत गर्दछ । हिटर ७५ डिग्री सेल्सियस तापक्रमसम्म बढाउन सकिन्छ ।
अधिकतम तापक्रमबाट हुने क्षतिलाई पनि हिटरले रोक्छ । हिटरको ट्याङकीमा ५ वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ४ मंसिर २०७४, सोमबार