शाओमी प्याड ६ अर्को हप्ता भारतमा लन्च गरिने

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
शाओमी प्याड ६ अर्को हप्ता भारतमा लन्च गरिने

काठमाडौं ।

शाओमीले गत अप्रिलमा आफ्नो प्याड ६ सिरिज एन्ड्रोइड ट्याब्लेटहरू घोषणा गरेको थियो। उक्त प्याड ६ सिरिजमा शाओमी प्याड ६ र प्याड ६ प्रो समावेश रहेको उल्लेख छ।

साथै अब शाओमी प्याड ६ भारतमा लन्च हुने क्रममा रहेको पुष्टि भएको छ। शाओमी ले प्याड ६ ट्याब्लेट मंगलबार, जुन १३ मा प्रस्तुत गर्ने भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

शाओमी प्याड ६ मा १८००x२८८० पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेटसहितको ११ इन्चको आईपीएस एलसीडी रहेकोछ। साथै स्क्रिनमा फराकिलो १६ः१० एस्पेक्ट रेसियो रहनुका साथै सुरक्षाको लागि गोरिल्ला ग्लास ३ फिचर गरिएको बताइएको छ।

ट्याब्लेट प्याड ५ प्रो जस्तै यस नयाँ ट्याब्लेटमा क्वालकमको स्न्यापड्रागन ८७० एसओसी र ३३ वाटको चार्जिङको साथ ८,८४० एमएएच ब्याट्रीले समावेश गरिएको उल्लेख छ। यद्यपी भारतमा उपलब्ध हुने ट्याब्लेटमा भने कुन र्याम र स्टोरेज कन्फिगरेसनहरू र खुद्रा मूल्यहरूको बारेमा विवरण उपलब्ध नभएको उल्लेख गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार