ईभी व्यवसायीले धेरै नाफा खाएको अर्थमन्त्री डा. महतको आरोप

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
ईभी व्यवसायीले धेरै नाफा खाएको अर्थमन्त्री डा. महतको आरोप

काठमाडौं ।

इलेक्ट्रिक सवारीमा व्यवसायीले धेरै नाफा खाएको अर्थमन्त्री डा. प्रकाशसरण महतले आरोप लगाएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा. महतले ईभी गाडीमा डिलरले ठूलो मार्जिन राखेको बताएका हुन्।

त्यो मार्जिन ग्राहकमा ट्रान्सफर भइरहेको छ। सरकारले करमा छुट दिने, उनले भने, तर त्यसको लाभ उपभोक्ताले नपाउने अवस्था अहिले विधमान छ।

यसलाई सरकारले विशेषगरी हेर्नु पर्ने अवस्था रहेको उनको भनाई छ

ईभी र र पेट्रोलिय पदार्थबाट सञ्चालित हुने गाडीका कर दरमा धेरै भिन्नता भएकाले यसलाई र्यासनलाईज (तर्कसंगत बनाउन) ईभीको कर दरमा हेरफेर गरिएको भन्दै बजेटको बचाउँ गरे।

पेट्रोलिय पदार्थबाट आधारित सवारीमा झन्डै ३०० प्रतिशतसम्म कर छ। यो ईभीमा छिमेकी देशभन्दा सबैभन्दा कम हो। पहिला ईभीमा फाट्ट फुट्ट एक दुई गाडी मात्र प्रवेश हुन्थ्यो, उनले भने, ईभीलाई प्रोत्साहन गर्नका लागि कम दर राखिएको हो। समयको मागसँग करलाई अलिकती र्यासनलाईज गरिएको हो।

ईभीको क्षमताको आधारमा कर दर समायोजन गरिएको उनको दाबी छ। ठूलो क्षमताको ईभीमा धेरै र सानो क्षमताकोमा कम कर दर राखिएको उनले बताए।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार