एप्पलका ८१ प्रतिशत आईफोनमा आईओएस १६ संचालन

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
एप्पलका ८१ प्रतिशत आईफोनमा आईओएस १६ संचालन

काठमाडौं ।

एप्पलको आईओएस डिभाइसहरूमा सधैँ जस्तो एन्ड्रोइड भन्दा छिटो पुग्ने गरेको उल्लेख छ। एन्ड्रोइडको म्यानुफ्क्चर स्किनको विभिन्न स्तरहरू रहेको र नयाँ संस्करणमा अनुकूलन गर्न आवश्यक रहेको उल्लेख छ।

गत सेप्टेम्बरमा पहिलो पटक रिलिज भएको आईओएस १६ हाल रहेका आईफोनहरुको ८१ प्रतिशतमा रहेको छ। पछिल्ला वर्षहरूमा लन्च गरिएका आईफोनहरूमा मात्र सीमित रहने हो भने पनि यो संख्या ९० प्रतिशत सम्म पुग्ने उल्लेख गरिएको छ।

सबै आईफोनहरू मध्ये १३ प्रतिशत (र विगत चार वर्षमा जारी भएका ८ प्रतिशत) आईओएस १५ मा चलिरहेको र बाँकी केही अघिल्लो संस्करणका बुट गर्छन्।

ट्याब्लेटको सन्दर्भमा, सबै आईप्याडहरू मध्ये ७१ प्रतिशत आईप्याडओएस १६ मा चलिरहेका र त्यसपछि करिब २० प्रतिशत आईप्याडओएस १५ मा चलिरहेको बताइएको छ। पछिल्ला चार वर्षहरूमा रिलिज भएका आईप्याड्समा आईप्याडओएस १६ ले ७६ प्रतिशत बजार सेयर पाएको र आईप्याडओएस १५ भने १८ प्रतिशत रहेको उल्लेख छ।

तुलनाको सन्दर्भमा, गत अप्रिलमा गूगलबाट आएको पछिल्लो नम्बरहरूका अनुसार एन्ड्रोइड १३ (गत अगस्टमा प्रस्तुत गरिएको नयाँ संस्करण) सबै डिभाइसहरूको प्रयोग १२ प्रतिशत पुगेको देखाएको उल्लेख गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार