
काठमाडौं ।
हिरोले आफ्नो इलेक्ट्रिक स्कुटर भिडा भीवान इलेक्ट्रिक स्कुटरको मूल्य कटौती गरेको छ। कम्पनीले भिडा भीवानको मूल्य २५ हजार भारुले घटाएर १ लाख २० हजार भारु कायम गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
भिडा भीवान इलेक्ट्रिक स्कुटरको टप भेरियन्टको मूल्य १ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ। यस भेरियन्टको मूल्य १९ हजार भारु कम गरिएको छ। यसमा फेम २ सब्सिडीमा पार्टेबल चार्जर पनि छ। पोर्टेबल चार्जर पहिला छुट्टै बिक्री गरिन्थ्यो।
सरकारको जाँच पछि कम्पनीले मूल्यमा कटौती गरेको छ। केही इलेक्ट्रिक दुई पांग्रे स्कुटर कम्पनी फेम स्कीमको लाभ गलत तरिकाबाट प्राप्त गरेकाले सरकारको नजरमा परेको हो।
यस अघि भिडा भीवान को मूल्य १ लाख ४५ हजार भारु र टप भेरियन्टको मूल्य १ लाख ५९ हजार भारु रहेको थियो।
भिडा भीवानमा ईको, राइड, स्पोर्ट गरी तीन राइडिङ मोड छ। यो ० देखि ४० किलोमिटर प्रति घण्टाको स्पीड ३.२ सेकेन्डमा लिन सक्छ। प्रो भेरियन्टमा ३.९४ किलोवाट आवर र प्लस भर्जनमा ३.४४ किलोवाट आवर लिथियम आयन ब्याट्री प्याक प्राप्त गर्न सकिन्छ।
प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार