क्रिप्टो माइनिङमा प्रयोग हुने बिजुलीमा ३० प्रतिशत कर लागउने ह्वाइट हाउसको प्रस्ताव

  • Technology Khabar | २२ बैशाख २०८०, शुक्रबार
क्रिप्टो माइनिङमा प्रयोग हुने बिजुलीमा ३० प्रतिशत कर लागउने ह्वाइट हाउसको प्रस्ताव

काठमाडौं ।

अमेरिकी सरकारले क्रिप्टोकरेन्सी माइनिङमा प्रयोग हुने बिजुलीमा ३० प्रतिशत कर लगाउने तयारी गरेको छ। यो प्रस्तावलाई सन् २०२४ को आर्थिक वर्षको बजेटमा समावेश गरिएको इनग्याजेडले उल्लेख गरेको छ।

ह्वाइट हाउस वेबसाइटमा प्रकाशित एक ब्लग पोस्टमा, प्रशासनले औपचारिक रुपमा डिजिटल सम्पत्ति माइनिङ इनर्जी वा डीएएमई अन्तःशुल्क कर पेश गरेको छ। क्रिप्टोमाइनिङ फर्महरूलाई कर लगाउन आवश्यक, किनभने तिनीहरूले ‘अरूमा थोपरेको पूरा लागत’ तिरिरहेका छैनन्, जसमा वातावरणीय प्रदूषण र उच्च ऊर्जा मूल्यहरू समावेश छन्।

क्रिप्टो माइनिङले ‘वातावरणमा नकारात्मक असर गर्छ,’ ह्वाइट हाउसले थपेको छ। माइनिङमा हुने अस्थिर ऊर्जा खपतले तिनीहरुको वरपरका मानिसहरुको लागि बिजुलीको मूल्य बढाउन सक्ने र सेवा अवरोधहरु हुने सम्भावना रहन्छ।

यसबाहेक, स्थानीय पावर कम्पनीहरूले आफ्नो सेवालाई थप स्थिर बनाउन उपकरणहरू स्तरवृद्धि गर्ने जोखिम युक्त निर्णय लिइरहेका छन्, किनभने माइनिङ सजिलै अन्य स्थानमा वा विदेशमा पनि जान सक्छन्।

क्रिप्टोकरेन्सीको माइनिङ प्रक्रियामा ठूलो मात्रमा बिजुलीको प्रयोग भइरहेको छ।

प्रकाशित: २२ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...