भिडियो कम्युनिकेसन कम्पनी जुमले भारतमा पायो टेलिकम लाइसेन्स, ‘जुम फोन’ सेवा सुरु गर्ने

  • Technology Khabar | २१ बैशाख २०८०, बिहीबार
भिडियो कम्युनिकेसन कम्पनी जुमले भारतमा पायो टेलिकम लाइसेन्स, ‘जुम फोन’ सेवा सुरु गर्ने

काठमाडौं ।

भारतमा जियो एयरटेल र भोडाफोन आईडिया अर्थात भीआई तीन ठूला टेलिकम अपरेटरहरू हुन्। खासगरी टेलिकम उद्योगमा जियोको दबदबा छ। तर अब जुमले तीन ओटै कम्पनीलाई कडा प्रतिस्पर्धा दिन मैदानमा उत्रिएको छ।

वास्तवमा, वेब कन्फरेन्स कम्पनी जुम भिडियो कम्युनिकेसनले प्यान-इंडिया टेलिकमको लाइसेन्स पाएको छ र अब कम्पनीले उद्यम अर्थात इन्टरप्राइजेज ग्राहकहरूलाई टेलिफोन सेवा प्रदान गर्नेछ। यो अमेरिकामा आधारित कम्पनीले पहिले नै एप र वेबमा मानिसहरूलाई भिडियो र भ्वाइस कल सेवाहरू उपलब्ध गराउँदै आएको छ।

अब कम्पनीले भारतको दूरसञ्चार विभागबाट राष्ट्रिय लामो दूरी र अन्तर्राष्ट्रिय लामो दूरीको कलहरू समावेश गर्ने दूरसञ्चार सेवाहरूको लागि इजाजतपत्र पनि प्राप्त गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

यससँगै कम्पनीले दूरसञ्चार विभागबाट एनएलडी अर्थात राष्ट्रिय लामो दूरी र आईएलडी अर्थात अन्तर्राष्ट्रिय लामो दूरीको सेवाको लाइसेन्स पनि प्राप्त गरेको छ।

यस इजाजतपत्रको सहयोगमा कम्पनीले आफ्नो क्लाउड आधारित प्राइभेट ब्रान्च एक्सचेन्ज (पीबीएक्स) सेवा ‘जुम फोन’ भारतमा सञ्चालित बहुराष्ट्रिय निगमहरू (एमएनसीज) र व्यवसायहरूलाई उपलब्ध गराउनेछ। हाल, कम्पनीले यो सेवा विभिन्न ४७ देशहरूमा उपलब्ध गराउँदै आएको छ, जसमा ग्राहकहरूले फोन नम्बर र विभिन्न ट्यारिफ योजनाहरू प्राप्त गर्छन्।

जुम फोनको मद्दतले कम्पनीहरूले आफ्ना कर्मचारीहरूसँग राम्रोसँग काम गर्न सक्ने र यसले ग्राहकको अनुभवमा समेत वृद्धि हुने कम्पनीले जनाएको छ। पीबीएक्सले स्थानीय टेलिफोन एक्सचेन्जको रूपमा काम गरेर कम्पनीहरूको लागि सम्मेलन कल सेवा व्यवस्थापन गर्न मद्दत गर्ने बताईएको छ।

यो ‘जुम फोन’ सेवा के हो?

‘जुम फोन’ मुख्यतया भ्वाइस ओभर इन्टरनेट प्रोटोकल सेवा हो, जसले बहुराष्ट्रिय कम्पनीहरूलाई क्लाउडमा आधारित जुम सफ्टवेयरमा फोन कल गर्न अनुमति दिनेछ। कम्पनीले लामो समयदेखि यो सेवामा काम गरिरहेको थियो। यसै क्रममा हालै कम्पनीले यो नयाँ फोन कल सेवाका लागि भारत सरकारसँग स्वीकृति समेत मागेको जानकारी आएको छ। पछिल्लो रिपोर्टमा अहिले उक्त कम्पनीलाई सरकारले ग्रिन सिग्नल दिएको जानकारी आएको छ।

प्रकाशित: २१ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार