काठमाडौं ।
पछिल्लो लीकहरुका अनुसार सोनीले एक्सपेरिया ५भी सार्वजनिक गर्ने तयारीमा जुटेको छ। यस डिभाइसको पछिल्लो लीक ३सी प्रमाणीकरणको भएको र डिभाइसको मोडल नम्बर एक्सक्यू–डीक्यू ७२ हुनुका साथै यसमा ३३ वाट चार्जिङ क्षमता रहेको खुलासा गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
गत फेब्रुअरीमा पनि यही मोडेल नम्बर गीकबेन्चमा देखिएको र डिभाइसमा स्न्यापड्रागन ८ जेन २ को सथै १६ जीबी र्याम रहेको बताइएको छ।
सोनीले सामान्यतया एक्सपेरिया १ लाई वर्षको सुरुमा (मे देखि अगस्ट) रिलीज गर्ने र त्यसपछि एक्सपेरिया ५ सेप्टेम्बर वा अक्टोबरमा रिलीज गरिने बताइएको छ।
प्रकाशित: १२ बैशाख २०८०, मंगलवार