इन्टरनेट तथा सामाजिक सञ्जालमा राखिने कन्टेन्टहरुमा रोक लगाउने सरकारी योजना

Technology Khabar ४ बैशाख २०८०, सोमबार

काठमाडौं ।

सरकारले साइबर सुरक्षाकाे नाममा प्रयोगकर्ताहरुको इन्टरनेट कन्टेन्ट अर्थात अनलाइनमा हुने सामग्रीहरुमा नै रोक लगाउन सक्ने योजना गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदाको सुरक्षित अनलाइन स्पेस निर्माण गर्ने रणनीति अन्तरगत इन्टरनेट तथा सामाजिक सञ्जालमा प्रकाशित वा प्रशारण हुने सामग्रीहरुलाई नियन्त्रण गर्ने तयारी गरेको हो।

सो रणनीतिअन्तरगत नीतिमार्फत इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ।

यसैगरी बालबालिकाका लागि अनुपयुक्त अनलाइन सेवाहरूमा पहुँच निषेध गरिनेछ भने इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने लैंगिक हिंसा, जातिवाद र भेदभाव लाई नियन्त्रण गरिने उल्लेख छ।

यसका साथै राष्ट्रिय सुरक्षामा आँच पुर्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन (Online harassment) र साइबर बुलिङ्ग गर्ने, सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई नियन्त्रण गरिने नीतिमा लेखिएको छ।

यस बाहेक स्प्याम (Spam) मेसेजहरू सम्प्रेषण गर्ने कार्यलाई नियमन गरिने नीतिको रणनीतिमा समावेश गरिएको छ।

यसैबीच मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० को मस्यौदामा सुझाब समेत माग गरेको छ। सुझाबकर्ताहरुले मन्त्रालयको [email protected]. np र tanka.mahat@ nepal.gov.np इमेलमा सात दिन भित्र सुझाब दिन समेत अनुरोध गरेको छ।

यस्तो छ पूर्ण मस्यौदा-

Cybersecurity_Draft

प्रकाशित: ४ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया