एन्ड्रोइड १४ बीटा १ उपलब्ध

  • Technology Khabar | ३० चैत्र २०७९, बिहीबार
एन्ड्रोइड १४ बीटा १ उपलब्ध

काठमाडौं ।

गत फेब्रुअरी र मार्चमा दुईओटा डेभलपरको प्रीभ्यूहरू पछ्याउँदै गुगलले बिहीबार एन्ड्रोइड १४ को पहिलो बिटा जारी गरेको छ। यसको मतलब अब (विकासकर्ता नभए तापनि) आफ्नो कम्प्याटिबल (मिल्दो) पिक्सेल डिभाइसलाई एन्ड्रोइड बेटा वेबसाइटमा इनरोल गरेर सजहरुपमा आगामी सफ्टवेयरको परीक्षण गर्न सकिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

एकचोटि आफ्नो डिभाइसलाई एन्ड्रोइड बिटा वेबसाइटमा इनरोल गरिसकेपछि, एन्ड्रोइड १४ बिटा १ ओभर–द–एयर अपडेटको रूपमा आइपुग्नेछ। यदि एन्ड्रोइड १४ समर्थित डिभाइसको साथ पहिले नै एन्ड्रोइड १३ क्यूपीआर बिटा कार्यक्रममा इनरोल भएको खण्डमा पनि कुनै कार्यको आवश्यकता बिना नै स्वचालित रूपमा एन्ड्रोइड १४ बिटा १ को अद्यावधिक प्राप्त गर्न सकिने बताइएको छ। यो एक बिटा भएकोले बगहरू र समस्याहरू अपरिहार्य रुपमा देखा पर्न सक्छन् भनी ध्यानमा राख्नु पर्ने थप उल्लेख गरिएको छ।

गुगलको रिलिज टाइमलाइनका अनुसार यस बिटालाई आगामी मे महिनामा अर्को एउटाले पछ्याउने बताइएको छ। त्यसपछि, जुन महिनाको सुरुमा, दुईवटा “प्लेटफर्म स्ट्याबिलिटि” रिलीजहरू हुने बताइएको छ।

एन्ड्रोइड १४को गेस्चर नेभिगेसन एक्सपिरियन्समा, ब्याक गेस्चर बुझाइ र उपयोगिता (अन्डरइस्ट्यान्डीङ्ग एण्ड यूजफूलनेस) सुधार गर्नको लागि भनेर एपहरूसँग अन्तर्क्रिरया गर्दा एक प्रमुख ब्याक एरो समावेश गरिएको गुगलले बताएको छ। यस एरोले वालपेपर वा डिभाइसको थिमलाई कम्प्लीमेन्ट गर्ने उल्लेख छ।

एप्सहरूले आह्वान गर्ने (सिस्टम सेयर सिट्स) प्रणाली साझेदारी पानाहरूमा (कस्टम एक्सन) अनुकूलन कार्यहरू थप्न सक्छन्, र प्रणाली आफैंले प्रत्यक्ष साझेदारी लक्ष्यहरूको श्रेणी निर्धारण गर्न थप एप संकेतहरू प्रयोग गर्दछ। यसको मतलब (डाइरेक्ट सेयर टर्गेटस्) प्रत्यक्ष सेयर लक्ष्यहरू भविष्यमा मिस भन्दा बढी हिट हुनेछ भनी आशा गरिएको बताइएको छ।

एन्ड्रोइड १३ मा प्रस्तुत गरिएको (पर–एप ल्याङ्गवेज प्रिफरेन्सेस्) प्रति–एप भाषा प्राथमिकताहरूलाई एन्ड्रोइड १४ ले बढाउने र यसले (पर–एप ल्याङ्गवेज) प्रति–एप भाषा सूचीमा प्रदर्शित भाषाहरूको सेटको गतिशील अनुकूलनको लागि अनुमति दिने उल्लेख गरिएको छ। किबोर्डहरूले हालको एपको यूआई भाषा पनि थाहा पाउने भएकाले सम्भवतः तिनीहरूले चाहेको खण्डमा त्यसमा इनपुट भाषाहरूको केही स्वतः स्विचिङलाई आधार बनाउन सक्ने बताइएको छ।

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ३० चैत्र २०७९, बिहीबार