भदौ मसान्तसम्म ९ अर्बभन्दा बढी मूल्य बराबरको स्मार्टफोन आयात

  • Technology Khabar | १० आश्विन २०८३, शनिबार
भदौ मसान्तसम्म ९ अर्बभन्दा बढी मूल्य बराबरको स्मार्टफोन आयात
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना अर्थात् भदौको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झैँ उल्लेख्य रुपमा बढेको देखिएको छ।

यस अवधिमा ९ अर्ब ७४ करोड ३६ लाख ६० हजार रुपैयाँ बराबरको ४ लाख २५ हजार ४० थान स्मार्टफोन आयात भएको हो।

चालु आवको यो दुई महिनाको अवधिमा स्मार्टफोन आयातबाट सरकारले १ अर्ब ८१ करोड ७६ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ४८ मुलुकबाट स्मार्टफोन आएको भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट ७ अर्ब ९ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको ३ लाख ६५ हजार ५४५ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट २ अर्ब ४१ करोड ९९ लाख ९ हजार रुपैयाँ बराबरको ३४ हजार ७१ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
बाँकी ४६ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ।

ती मध्ये दुई अंकसम्मको आयात विवरण तालिका यस प्रकार छ:

क्र. सं. देश विवरण (थान) रकम (हजारमा)
१ चीन ३६५५४५ ७०९९८३०
२ भारत ५७४४१ २४१९९०९
३ जापान ६७० ५९०१०
४ अमेरिका ४२९ ५९०७२
५ अस्ट्रेलिया २५७ ३११४१
६ यूएई २११ २१०५३
७ बेलायत ९३ ११८९२
८ दक्षिण कोरिया ९० ८६४५
९ कतार ५१ ३९७४
१० क्यानडा ४५ ५७८७
११ हङकङ ४३ ६२१६
१२ मलेसिया २८ १५४२
१३ पोर्चुगल १५ १८१३
१४ बंगलादेश १३ १८६५
१५ फिनल्याड १३ १९४७
१६ कुवेत १० १२४७

प्रकाशित: १० आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार