एप्पलले १५–इन्च म्याकबुक एयरको उत्पादन बढायो

  • Technology Khabar | ३० चैत्र २०७९, बिहीबार
एप्पलले १५–इन्च म्याकबुक एयरको उत्पादन बढायो

काठमाडौं ।

गत फेब्रुअरीमा नयाँ १५–इन्च म्याकबुक एयरको ठूलो उत्पादन थालनी गरेको एप्पलले मार्चदेखि यसको उत्पादन बढाएको डिस्प्ले विश्लेषक रोस यङ्गले उल्लेख गरेको बताइएको छ। एप्पलले कथित रूपमा अप्रिल महिनाको लागि अर्को र्याम्प–अपको योजना गरिरहेको र उच्च– अपेक्षीत ठूलो ल्यापटप एप्पलले अनावरण गरेपछि ढुवानीको लागि तयार हुने बताइएको छ।

अघिल्लो रिपोर्टहरूका अनुसार एप्पलले अप्रिल वा मे महिनामा सबैभन्दा ठूलो म्याकबुक एयर अनावरण गर्न सक्ने, तर यो ल्यापटप जुन महिनाको डब्ल्यूडब्ल्यूडीसी सम्मेलनको लागि राखिने सम्भावना बढी देखिएको उल्लेख गरिएको छ।

नयाँ १५.४–इन्च एयरले नयाँ लुक भएको १३.६–इन्च म्याकबुक एयरसँग सामेल हुने बताइएको छ। तर १५.४–इन्च एयरमा एम२ चिप हुने वा नहुने जानकारी नभएको उल्लेख गरिएको छ। साथै डब्ल्यूडब्ल्यूडीसीमा घोषणा गरिने उक्त जोडीहरुमा नयाँ एम ३ प्रोसेसर समावेश गरिने वा नगरिने भनी हेर्नलाई बाँकी रहेको  बताइएको छ।

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार