
काठमाडौं ।
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, शाओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ। बन्डल अफरको रूपमा शाओमी नेपालले शाओमी १३ प्रोसँगै शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको छ। प्रि–बुकिङ यहि ९ चैतदेखि २० चैतसम्म खुल्ला हुनेछ।
अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, अमित कुमार पंडाले भने, “हाम्रो यो सफलता हाम्रा शाओमी फ्यानहरूकै मायाको परिणाम हो।उहाँहरूको समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको छ। हामीले यो अफर हाम्रो शाओमी फ्यानहरूलाई धन्यवाद दिन र हाम्रो उत्पादनहरुलाई अझ माया गरिदिनु हुन एउटा प्रोत्साहन हो ।
लाइका क्यामरासंग को–इन्जिनियरिङ्ग गरिएको शाओमी १३ प्रो ले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ। नवीनतम स्न्यापड्रागन ८ जेन २, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको १२० वाट हाइपर चार्ज र ४,८२० एमएएच ब्याट्री संग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १००% ब्याट्री चार्जिङ समर्थन गर्दछ।
शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ। शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत शुन्य प्रतिशत ईएमआईमा यो अफर लिन सक्नेछन्। शाओमी १३ प्रो, ज्ञद्दंद्दछट न्द्य भेरियन्टमा सेरामिक ह्वाईत र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ ।
मात्र रु. ५००० मा प्रि–बुक गर्न सकिने शाओमी १३ प्रो प्रि अर्डर गर्दा शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।
शाओमी १३ प्रोको मूल्य एक लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार