डाटा मोबाइल अपरेटर बन्ने वर्ल्डलिंकको चाहनाः अध्यक्ष अग्रवाल

  • Technology Khabar | ७ चैत्र २०७९, मंगलवार
डाटा मोबाइल अपरेटर बन्ने वर्ल्डलिंकको चाहनाः अध्यक्ष अग्रवाल

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड मोबाइल अपरेटरको रुपमा पनि काम गर्न इच्छुक रहेको वर्ल्डलिंकका प्रबन्ध निर्देशक तथा अध्यक्ष दिलिप अग्रवालले बताएका छन्।

ग्रामीण क्षेत्रको सबै ठाउँमा फाइबरबाट मात्र इन्टरनेट बिस्तार गर्न सम्भव नभएकाले वायरलेस पनि आवश्यक पर्ने अध्यक्ष अग्रवालले सोमबार वर्ल्डलिंकमा बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्ब रुपैयाँको संयुक्त लगानी घोषणा लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बताएका हुन्।

‘सरकारले ग्रामिण क्षेत्रका लागि मोबाइल लाइसेन्स दिए पनि हुन्छ,’ अध्यक्ष अग्रवालले भने, ‘यदि भ्वाइस नदिएर डाटा मात्र दिए पनि हामी खुसी हुन्छौं।’

वर्ल्डलिंकले हाल फाइबरबाट नेपालमा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। वर्ल्डलिंकले आफ्नो भविष्य पनि फाइरबमै देखेको उनले बताए। तर मोबिलिटीका लागि मोबाइल लाइसेन्स पाएमा मोबाइल अपरेटरको रुपमा पनि काम गर्न सक्ने उनको दाबी छ।

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको नेपालको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित: ७ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...