डोनाल्ड ट्रम्पको यूट्युब च्यानल पुनःस्थापित

  • Technology Khabar | ५ चैत्र २०७९, आईतवार
डोनाल्ड ट्रम्पको यूट्युब च्यानल पुनःस्थापित

काठमाडौं ।

दुई वर्षको निलम्बनपछि यूट्युबले डोनाल्ड ट्रम्पको अकाउन्टलाई पुनःस्थापित गरेको छ।

यूट्युबको यो निर्णयले फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटा र इलन मस्कको स्वामित्वमा रहेको ट्विटरले लिएको यस्तै निर्णयहरू पछ्याउँछ।

पूर्व अमेरिकी राष्ट्रपतिलाई जनवरी २०२१ मा यूट्युब भिडियोहरू पोस्ट गर्न प्रतिबन्ध लगाइएको थियो, यूट्युबले तत्कालिन समयमा ट्रम्पको च्यानलले हिंसा भड्काउने नियम तोडेको आरोप लगाएको थियो।

तर उनको अकाउन्ट अब अनलाइन भएको छ, युट्युबको प्रेस अकाउन्टले जनाएको बीबीसीले उल्लेख गरेको छ।

‘डोनाल्ड जे. ट्रम्प च्यानल अब प्रतिबन्धित छैन र नयाँ कन्टेन्ट अपलोड गर्न सक्छ,’ गुगलको स्वामित्वमा रहेको यूट्युबले ट्विटरमा लेख्यो।

‘हामीले वास्तविक–विश्व हिंसाको निरन्तर जोखिमलाई ध्यानपूर्वक मूल्याङ्कन गर्यौं, जबकि मतदाताहरूले चुनावको दौडमा प्रमुख राष्ट्रिय उम्मेद्वारहरूबाट समान रूपमा सुन्ने मौकालाई सन्तुलनमा राखेका छौं।

‘यस च्यानल यूट्युबमा अन्य कुनै पनि च्यानल जस्तै हाम्रो नीतिहरूको अधीनमा रहनेछ।’

प्रकाशित: ५ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार