Technology Khabar ३ चैत्र २०७९, शुक्रबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणको कानून सदस्य पदका लागि ६ जनाले आवेदन दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माग गरेको प्राधिकरणको कानून सदस्य पदका लागि ६ जनाको स्वीकृत भएको हो।
यसअघि सरकारले प्राधिकरणको नयाँ सदस्य नियुक्त गर्नका लागि सिफारिस गर्नेगरी सिफारिस समिति गठन गरेको थियो भने सञ्चार मन्त्रालयले फागुन १७ गते आवेदन माग गरेको थियो।
सरकारले गठन गरेको नेपाल दूरसञ्चार प्राधिकरण सदस्य पदको नियुक्तिको लागि गठित छनौट समितिले सो दरखास्त आब्हान गरेको थियो।
मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार प्राधिकरण सदस्यका लागि कृष्ण प्रसाद पोखरेल, प्रविण सुवेदी, संकल्प क्षेत्री, हेम कुमार श्रेष्ठ, मन्जुल गौतम (नेपाल) र सुभाष लामिछानेले आवेदन दिएका छन्।
सञ्चार सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित सिफारिस तथा छनौट समितिले अब आवेदन दिएका मध्येहरुबाट अन्तरवार्ता र व्यावसायिक योजनाको आधारमा दुवै पदका लागि ३/३ जना सिफारिस गरेर सरकारलाई बुझाउनेछ।
प्राधिकरणको कानून सदस्य पद २०७९ पुस २७ गतेदेखि रिक्त रहेको छ।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार