मोटो रेजर २०२३ मा नयाँ हिन्ज डिजाइन हुनसक्ने

  • Technology Khabar | २७ फाल्गुन २०७९, शनिबार
मोटो रेजर २०२३ मा नयाँ हिन्ज डिजाइन हुनसक्ने

काठमाडौं ।

मोटो रेजर २०२३ पूर्ण रूपमा नयाँ बाहिरी प्यानलको साथ आउने भएको छ। एक लाइभ फोटोले उक्त नयाँ डिभाइसको तल्लो प्यानल र साइड बटनहरू फेन्सी रातो रङ्गमा हुने खुलासा गरेको छ। साथै हिन्ज एरियामा हेर्दा उक्त डिभाइस बाहिरी रूपमा मात्र नभएर भित्री रूपमा पनि नयाँ डिजाइनमा आउने अपेक्षा गरिएको छ।

९१ मोबाइल्सद्वारा प्रदान गरेको ईमेज र पहिले देखेका कुराहरू मिल्दोजुल्दो भएको उल्लेख गरिएको छ। सो तस्बिर अनुसार उक्त नयाँ डिभाइसमा दुई ओटा क्यामेराको साथमा एउटा एलइडी फ्ल्यास, तेर्सो रूपमा लाइन गरिएको, र फोल्ड गरिएको रेजरको (वर्ग) स्क्वायर फार्म फ्याक्टर कायम गरिएको बताइएको छ।

साथै गत वर्षको रेजर एसडी ८ प्लस जेन १ सहित अनावरण गरिएको हुनाले फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट हुनसक्ने अनुमान छ।

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...