
काठमाडौं ।
भारतीय कार निर्माता टाटा मोटर्सको एकाई टाटा टेक्नोलोजीजले बिहीबार प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) को लागि आवेदन दायर गरेको छ।
टाटा समूहले टाटा टेक्नोलोजीको आईपीओ लन्च गर्न भारतीय स्टक बजार नियामक सेबीमा ड्राफ्ट पेपर दायर गरेको छ। टाटा टेक्नोलोजीको आईपीओ पूर्ण रूपमा बिक्रीको लागि प्रस्ताव हुनेछ। अर्थात् कम्पनीको प्रवद्र्धक टाटा मोटर्सले आइपीओ मार्फत शेयर बिक्री गर्नेछ। तर टाटा टेक्नोलोजीको आईपीओमा नयाँ शेयर जारी गरिने छैन।
यद्यपि, इन्जिनियरिङ् र उत्पादन विकास डिजिटल सेवाहरू प्रदान गर्ने टाटा टेकले आईपीओमा बेच्नको लागि आफ्नो चुक्ता पुँजीको करिब २३.६ प्रतिशत प्रतिनिधित्व गर्ने ९५.७ मिलियन शेयर मध्ये कुनै पनि प्रस्ताव नगर्ने बताएको छ।
यसको सट्टा, टाटा टेकमा ७४.६९ प्रतिशत सेयर रहेको टाटा मोटर्सले ८१.१ मिलियन शेयर बेच्नेछ, जबकि अल्फा टीसी होल्डिङ्सले ९.७ मिलियन शेयरहरू बिक्री गर्नेछ र टाटा क्यापिटल ग्रोथ फन्ड आईले ४.९ मिलियन शेयरहरू बिक्री गर्ने बजार नियामकमा पेश गरिएको मस्यौदा कागजातहरूमा उल्लेख छ।
डिसेम्बर ३१ मा समाप्त भएको नौ महिनामा टाटा टेकको सकल नाफा २३% बढेर ४.०७ अर्ब भारतीय रुपैयाँ पुगेको छ भने राजस्व १५.५% बढेर ३०.१२ अर्ब भारु पुगेको अटो, एयरोस्पेस र अन्य उद्योगहरूमा सेवा दिने कम्पनीले जनाएको छ।
आईपीओमा खुद्रा लगानीकर्ताका लागि ३५ प्रतिशत कोटा राखिने बताईएको छ। टाटा टेक्नोलोजीले प्रि-आईपीओ प्लेसमेन्ट नगर्ने बताएको छ। कम्पनीले आईपीओ मार्फत बजारबाट ३५०० देखि ४००० करोड भारु उठाउन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार