अष्ट्रेलियाको आईटी तालिम अब नेपालमै गर्न सकिने

Technology Khabar १० फाल्गुन २०७९, बुधबार

काठमाडौं ।

गैरआवासिय नेपालीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय आईटी करिअर बनाउन सघाउने भएका छन्। लामो समय देखी ‘ब्रेन गेन’ को मुद्दा नेपाल र विदेशमा बस्ने नेपालीहरूका बीच उठ्दै आएको सन्दर्भमा अष्ट्रेलियामा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपालीले बुटक्याम्प मार्फत अन्तर्राष्ट्रिय स्तरको तालिम दिने भएका हुन्।

अष्ट्रेलियाको सिड्नी र क्यानबेरामा ‘कोडिङ बुटक्याम्प’ संचालन गर्दै आएको डेण्टेड कोड एकेडेमीले नेपालमा पनि ‘कोडिङ बुटक्याम्प’ सुरु गर्न लागेको हो। एकेडेमीले नेपालमा छ महिनाको ‘फुल-स्ट्याक वेब डेभलपमेन्ट’ र तीन महिनाको ‘वेब डेभलपमेन्ट’ तालिम सुरू गर्न लागेको जनाएको छ।

एकेडेमीले सुरुमा ‘बुटक्याम्प’ हाईब्रिड हुने र उपयुक्त जनशक्ति तयार भएपछी हाईब्रिडसँगै भौतिक रुपमा नै तालिम कक्षाहरु संचालन हुने जानकारी दिएको छ।

एकेडेमीका सिईओ प्रेम आचार्यले नेपालमा बसेर विदेशका कम्पनीहरूमा काम गर्न सक्ने सीपसँगै नेपालबाट सफ्टवेरयर सम्बन्धी सेवा र उत्पादन विदेश निर्यात गर्ने अवस्था बनाउनु आफूहरूको लक्ष रहेको जनाए।

आईटीको क्षेत्रमा लाग्न चाहनलेलाई यो क्षेत्रमा करिअर बनाएर ‘डलरमा कमाएर नेपाली रूपैंयामा खर्च गर्ने’ अवस्था बनाउनु आफूहरूको ध्येय रहेको भन्दै आचार्यले अष्ट्रेलियामा पाएको सफलता नेपालमा बाँढ्न चाहेको बताए।

एकेडेमीले सुरूमा तालिम संचालन गर्ने, दक्ष जनशक्ति तयार भएपछी विदेशबाट सफ्टवेयर सम्बन्धि कामहरू नेपालमा ल्याउने साथै ‘स्टार्ट अप’हरूलाई मंच प्रदान गरेर आईटी मार्फत देशको रोजगार र आर्थिक विकासमा समेत योगदान दिने लक्ष्य राखेको छ।

कुनै पनि सिस्टम वा प्रोग्रामको प्लानिङ, डेभेलोपमेन्ट देखी डिप्लोईमेन्ट सम्म सबै चरणहरूका लागी आवश्यक पर्ने सीपहरू सिकाउने एकेडेमीले जनाएको छ। एकेडेमीले बुटक्याम्पमा नेपालीहरूका लागी ५० प्रतिशत छुट दिने जनाएको छ। छ महिना, वार्षिक र लाइफ टाइम गरेर तीन फरक समायावधिका लागी एकेडेमीका कोर्स उपलब्ध छन्।

अनलाइनबाट सञ्चालन हुने बुटक्याम्प तालिम अष्ट्रेलिया, नेपाल साथै विश्वका कुनै पनि ठाउँबाट लिन सकिन्छ। यतिखेर ५० प्रतिशत छुट सहित छ महिनाको २०७ अमेरिकी डलर (करिब २७ हजार रुपैयाँ), वार्षिक ३४५ डलर (करिब ४५ हजार ६९० रुपैयाँ) र जिन्दगीभरका लागी (लाइफटाइम) ८६४ डलर (करिब एक लाख १४ हजार ४१७ रुपैयाँ) शुल्क रहेको जानकारी दिएको छ।

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया