काठमाडौं ।
वानप्लसले नयाँ कन्सेप्ट डिभाइसलाई अर्को हप्ता बार्सिलोनाको एमडब्लुसीमा डेब्यू गराउने भएको छ। प्राप्त भएको वानप्लस ११ कन्सेप्टको पहिलो झलकले फोनको पछाडिको भागमा लाइट-अप स्ट्रिप्स र ठूलो क्यामरा आईल्याण्डबाट सुसज्जित रहेको देखाएको छ।
नीलो रङ्गको स्ट्रिप्सले फोनको पछाडिको सम्पूर्ण भाग कभर गरेको र क्यामरा आईल्याण्डलाई पनि घेरेको देखाएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
वानप्लसले आफ्नो आगामी कन्सेप्ट फोनको लागि आधिकारिक नोट जारी गर्दै नयाँ तस्बिरहरूलाई फोनको पछाडिको सम्पूर्ण भागमा दौडिने “रक्त नलीहरू” को रूपमा वर्णन गरेको छ।
“तस्बिरहरूले वानप्लस ११ कन्सेप्टको ईन्जिनियरिङ (सफलता) ब्रेकथ्रूहरूलाई आईसी ब्लू पाइपलाइनहरू हाइलाइट गरेर फोनको पछाडि पूरै दौडिएको देखाएको र लगभग वानप्लस ११ कन्सेप्टको आफ्नै रक्तनलीहरूको श्रृंखला जस्तै देखिएको छ। वानप्लस ११ कन्सेप्टको पाइपलाइनहरू बोल्ड भित्र हाउसड गरिएको र फ्युचरस्टिक्स युनिबडी ग्लास डिजाइन हिमनदी तालको शान्त स्थिरता र विशाल शक्तिबाट प्रेरित रहेको उल्लेख गरिएको छ।”
वानप्लस ११ कन्सेप्टले काम कसरी गर्छ र यसमा रहेको लाइट स्ट्रिप्सले नथिङ्ग फोन १ को जस्तै समान किसिमले काम गर्छ वा तिनीहरूले फरक उद्देश्यका साथ फोनलाई सक्रिय रूपमा चिसो पार्ने जस्ता सेवा प्रदान गर्छन् भनेर हेर्न रोचक हुने उल्लेख छ।
तस्बिरहरूका अतिरिक्त, वनप्लसका सीईओ पीट लाउले वनप्लस ११ कन्सेप्टको टिजर भिडियो ट्वीट गरेको बताइएको छ। उक्त छोटो टिजरमा फोनलाई छोटो अवधिको लागि कार्यमा देखाएको उल्लेख गरिएको छ। फोनले “उद्योग-पहिलो टेक्नोलोजी” डेब्यू गर्ने लाउले थप बताएका छन्।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार