
काठमाडौं ।
गत सेप्टेम्बरमा नोकिया एक्स३० भारतमा चाँडै नै लन्च हुने खुलासा गरिएको थियो। उक्त खुलासा इण्डिया एण्ड मेनाका लागि एचएमडी ग्लोबलका उपाध्यक्ष सनमीत कोचरले ट्विटर मार्फत गरेका थिए भनी उल्लेख गरिएको छ। फइभजी स्मार्टफोन “कमिङ सून टु इण्डिया” भनी ट्विटरमा गरिएको उक्त खुलासामा लन्चको निर्धारित समय वा मिति भने उल्लेख नगरिएको जीएसएमएरिनाले जनाएको छ।
नोकिया एक्स३० मा स्न्यापड्रागन ६९५ एसओसी समावेश गरिएको र एन्ड्रोइड १२ द्वारा संचालित रहेको बताइएको छ। साथै नोकिया एक्स३० मा ६जीबी/१२८जीबी र ८जीबी/२५६जीबी गरि दुई मेमोरी (अप्सन) विकल्पका साथ उपलब्ध हुने बताइएको छ। यस फोनमा रहेको ६.४३ इन्चको ९० हर्ज फुलएचडी प्लस स्क्रिन गोरिल्ला ग्लास भिक्टस द्वारा सुरक्षित गरिएको बताइएको छ। त्यसैगरी फोनको डिस्प्लेमा बायोमेट्रिक अथेन्टिकेसन (प्रमाणीकरण) को लागि फिङ्गरप्रिन्ट स्क्यानर र १६मेगापिक्सेलको सेल्फी क्यामेराको लागि पन्च होल समावेश गरिएको बताइएको छ।
५०–मेगापिक्सेलको प्राइमरी र १३–मेगापिक्सेलको अल्ट्रावाईड युनिट गरि नोकिया एक्स३० मा डुअल क्यामरा सेटअप रहेको बताइएको छ। यस फोनको अन्य हाईलाईटहरुमा आईपी६७ रेटिङ, एनएफसी र ३३ वाट चार्जिङका साथ ४,२०० एमएएचको ब्याट्री रहेको उल्लेख गरिएको छ।
प्रकाशित: २६ माघ २०७९, बिहीबार