पुसमा कार्डबाट ४९ करोड भुक्तानी

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
पुसमा कार्डबाट ४९ करोड भुक्तानी

काठमाडौं ।

पुसमा कार्डबाट कारिब ४९ करोड रुपैयाँ भुक्तानी भएको छ। पुसमा कार्डबाट ईकमर्शमा ४८ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

८१ हजार ५०१ प्रयोगकर्ताले कार्ड मार्फत ४८ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेका हुन्।

मंसिरमा ७६ हजार ८११ प्रयोगकर्ताले ४८ करोड २० लाख रुपैयाँ भुक्तानी गरेका थिए।

अघिल्लो महिनाको तुलनामा गत महिना कार्डबाट भुक्तानी गर्ने र प्रयोगकर्ता दुवै बढेको देखिन्छ।

४ हजार ६९० प्रयोगकर्ता बढ्दा कारोबार रकम ६० लाख रुपैयाँले बढेको छ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार