रिभ्याम्प नेपालको पाँचौं संस्करण यही शनिबार हुने

  • Technology Khabar | २६ माघ २०७९, बिहीबार
रिभ्याम्प नेपालको पाँचौं संस्करण यही शनिबार हुने

काठमाडौं ।

रिभ्याम्प नेपालको पाँचौं संस्करण “रिभ्याम्प नेपाल २०२३” शनिबार, माघ २८ मा ठमेलको छाया सेन्टरमा आयोजना हुने भएको छ।

दिनभर चल्ने कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम र व्यवसायहरु तथा प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता रहनेछ भने प्रवेश निःशुल्क रहने बताईएको छ।

महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को शुरुमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम फेब्रुअरी २०२१ मा र अगस्ट २०२१ मा भर्चुअल्ली आयोजना गरिएको थियो, र पुनः अप्रिल र सेप्टेम्बर २०२२ मा भएको थियो।

पाँचौं संस्करणले सहभागीहरूलाई प्रत्यक्षरूपमा सम्भावित ग्राहकहरू, ग्राहकहरू र साझेदारहरूसँग अन्तरक्रिया गर्न र उनीहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रबर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरेर हालको संघर्षरत बजारलाई मद्दत गर्ने प्रयत्न गर्ने आयोजकले जानकारी दिएको छ।

फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा नबिल बैंकसँगको सहकार्यमा आयोजित रिभ्याम्प नेपालको यस संस्करणमा डिश होम, ई-बीमा, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, उपाय, फुडमाण्डु, नेपाल एयरलाइन्स, इसेवा, सिस्क्युब टेक्नोलोजी, आर्टसियम प्रोडक्सन, ग्रेस इन्टरनेशनल एजकुेशन, युजी केक, रमाइलो गेम्स, शरिङ्ग अपर्च्युनिटिज, हाइलाइफ, र नेपाल युवा उद्यमी फोरम (काठमाडौं च्याप्टर) लगायत संस्थाहरुको सहयोग रहेको छ।

कार्यक्रममा ७० भन्दा बढी उद्यम व्यवसायहरुको सहभागिता हुनेछ भने ७००० भन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको छ।
रिभ्याम्प नेपाल माघ २८ गते शनिबार, बिहान १०ः३० बजेदेखि साँझ ७ बजे समापन हुनेछ।

प्रकाशित: २६ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार