भारतीय टेल्को भोडाफोन आइडियामा भारत सरकारको ३३.४४ प्रतिशत शेयर हिस्सा

  • Technology Khabar | २५ माघ २०७९, बुधबार
भारतीय टेल्को भोडाफोन आइडियामा भारत सरकारको ३३.४४ प्रतिशत शेयर हिस्सा

काठमाडौं ।

भारतीय दूरसञ्चार कम्पनी भोडाफोन आइडिया (भीआई) मा भारतीय सरकारको शेयर हिस्सा हुने भएको छ। ठूलो मात्रामा ऋणमा डुबेको भोडाफोन आइडियामा भारतीय सरकारको ठूलो हिस्सा हुने बताईएको छ।

दूरसञ्चार कम्पनी भोडाफोन आइडियाको सञ्चालक समितिले सरकारलाई १६,१३३ करोड भारतीय रुपैयाँ बराबरको इक्विटी शेयर (भोडाफोन आइडिया शेयर) बाँडफाँट गर्न अनुमोदन गरेको छ। यसका साथमा कम्पनीमा भारतीय सरकारको अधिकतम ३३.४४ प्रतिशत शेयर हुनेछ।

कम्पनीले मंगलबार सेयर बजारलाई दिएको जानकारीमा सरकारलाई बक्यौता ब्याजमा यो सेयर दिन लागेको कम्पनीले जनाएको छ। यो ब्याज समायोजन सकल राजस्व (एजीआर) र स्पेक्ट्रम लिलामीको स्थगित भुक्तानीमा लगाइएको छ। यसका आधारमा प्रति सेयर १० भारतीय रुपैयाँमा सरकारलाई शेयर दिइनेछ।

भोडाफोन आइडियाले मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भारत सरकारको लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभागलाई १०/१० भारु अंकित मूल्यका १६,१३३,१९८,८९९ इक्विटी शेयर बाँडफाँट गर्न अनुमोदन गरेको जनाएको छ।

भोडाफोन आइडियामा सरकारले १६,१३३ करोड रुपैयाँको ब्याज तिर्न बाँकी थियो। कम्पनीले ब्याज तिरेपछि शेयरमा परिणत गर्ने प्रस्ताव गरेको थियो । सरकारले गत साता मात्रै बक्यौता ब्याजलाई सेयरमा परिणत गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। शेयर हस्तान्तरणपछि कम्पनीमा भारत सरकारको ३३ दशमलव ४४ प्रतिशत हिस्सा रहने कम्पनीले जनाएको छ।

भीआइका सह–प्रवर्तक बेलायतको भोडाफोन पिएलसी र भारतको आदित्य बिरला समूहले भिआइमा क्रमशः ३१.७ र १८.२ प्रतिशत हिस्सेदारी राख्नेछन्। सरकारलाई शेयर बाँडफाँड गरेपछि उनीहरुको संयुक्त स्वामित्व ५० प्रतिशतको हाराहारीमा हुनेछ। भारतीय टेलिकम भिआइमा हाल, भोडाफोन युके र एबीजीले क्रमशः ४७.६१% र २७.३८% सेयर लिएका छन्।

प्रकाशित: २५ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार