११ प्रतिशत कर्मचारी हटाउँदै दराज

  • Technology Khabar | २४ माघ २०७९, मंगलवार
११ प्रतिशत कर्मचारी हटाउँदै दराज

काठमाडौं ।

अलिबाबा समूहको सहायक, दराज ग्रुप ई-कमर्स प्लेटफर्मले ‘वर्तमान बजार वास्तविकता’ को लागि तयारी गर्न आफ्नो कार्यबललाई ११ प्रतिशतले घटाउँदै छ, समूहका सीईओ बजार्क मिकेलसेनले कम्पनीको वेबसाइटमा सेयर गरिएको पत्रमा कर्मचारीहरूलाई भने।

मिकेलसेनले कठिन बजार वातावरण, युरोपमा युद्ध, ठूलो आपूर्ति श्रृंखला अवरोध, बढ्दो मुद्रास्फीति, बढ्दो कर, र यसको बजारमा आवश्यक सरकारी सब्सिडी हट्दा कठिन बजार वातावरण सिर्जना भएको बताए। दराज ग्रुप पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालमा सञ्चालनमा छ।

दराज, पाकिस्तानको सबैभन्दा ठूलो ई–कमर्स रिटेल प्लेटफर्म हो। यो २०१२ मा पाकिस्तानमा स्थापना भएको थियो र सन् २०१८ मा चिनियाँ जायन्ट अलिबाबाले अधिग्रहण गरेको थियो। दराज प्लेटफर्ममा पाकिस्तानका १ लाख एसएमईएस आबद्र्ध छन्।

पाकिस्तान यसको सबैभन्दा ठूलो बजार भएको दराज पाकिस्तानका प्रबन्ध निर्देशक एहसान सायाले रोयटर्सलाई बताए । दराजको बजारमध्ये पाकिस्तानमा सबैभन्दा धेरै कर्मचारी कार्यरत रहेका छन्।

उनी थप्छन्, ‘पाकिस्तानमा करिब एक तिहाइ कर्मचारीहरू क्षेत्रीय टोलीका हुन् जसले बंगलादेश, नेपाल, श्रीलंका, म्यानमार, सिंगापुर र चीनका टोलीहरूसँग काम गर्छन्।’

रोयटर्सलाई पुष्टि गरे कि ग्रुपमा ११ प्रतिशत कर्मचारी कटौतीको अर्थ पाकिस्तानमा पनि ११ प्रतिशत कटौती हुनेछ।

उक्त ग्रुपले यस कदमबाट प्रभावित हुने कर्मचारीहरूको संख्या र पुनर्संरचनाको विवरणमा टिप्पणी गर्न रायटरको अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।

पत्रमा मिकेलसेनले दराजले सन् २०१८ मा आफ्ना सक्रिय किनमेल गर्नेहरूको संख्या ३० लाखबाट हाल १ करोड ५० लाखभन्दा बढीमा पु¥याउन सफल भएको र यो ‘गत वर्षसम्म लगभग १०० प्रतिशतको औसत अर्डर वृद्धि’ भएको बताए।

दराजले २०२१ मा १० हजार कर्मचारीहरूको टोलीसहित ५०० मिलियन ग्राहकहरूसम्म पहुँच गरेको बताएको थियो। यसले पछिल्ला दुई वर्षमा पाकिस्तान र बंगलादेशमा १०० मिलियन डलर लगानी गरेको छ।

प्रकाशित: २४ माघ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...