
काठमाडौं ।
बीएमडब्ल्यूले हंगेरी र जर्मनीका साइटहरु बाहेक मेक्सिकोको सान लुइस पोटोसीमा आफ्नो आगामी न्यू क्लास प्लेटर्फमको इलेक्ट्रिक सवारी निर्माण गर्ने भएको छ।
यसका लागि जर्मनीको कार निर्माताले मेक्सिकोमा ८६१ मिलियन अमेरिकी डलर लगानी गर्ने कारस्कुपले उल्लेख गरेको छ। यस लगानी मध्ये ५३८ मिलियन अमेरिकी डलर सान लुइस पोटोसीको हालको प्लन्टमा उच्च भोल्टेज ब्याट्रीहरका लागि नयाँ एसेम्ब्ली केन्द्र निर्माण गर्न निर्देशित गरिनेछ।
यो नयाँ एसेम्ब्ली सेन्टर ८५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिनेछ र त्यहाँ ५०० भन्दा बढी कर्मचारीहरूले काम गर्नेछन्। यहाँ फूल ईभीका लागि नेक्स्ट जेनेरेसनको ब्याट्री उत्पादन गरिनेछ। बीएमडब्ल्यूले भन्यो कि न्यू क्लास प्लेटफर्मले ब्याट्री प्याकलाई गाडीको संरचनामा प्रत्यक्ष रूपमा एकीकृत गरेको देख्नेछ र यो प्रक्रियालाई यसको सञ्चालनमा एकीकृत गर्न साइटलाई विस्तार गरिनेछ।
बीएमडब्ल्यूको न्यू क्लास मोडलहरूले राउन्ड लिथियम–आयन ब्याट्री सेलहरू प्रयोग गर्नेछन् जसले २० प्रतिशतभन्दा बढी घनत्व बढाउने र चार्ज गर्ने गति र रेञ्ज ३० प्रतिशतसम्म सुधार गर्ने भनिएको छ। थप रुपमा सेल उत्पादनबाट सीओ२ उत्सर्जन ६० प्रतिशतसम्म घट्नेछ।
न्यू क्लास प्लेटफर्ममा आधारित पहिलो कारहरू डेब्रेसेन, हंगेरीमा २०२५ मा उत्पादन हुनेछन् त्यसलगत्तै म्युनिख, जर्मनीमा शुरु हुनेछ। मेक्सिकोमा न्यू क्लास मोडलहरूको उत्पादन २०२७ बाट शुरु हुनेछ।
प्रकाशित: २४ माघ २०७९, मंगलवार