
काठमाडौं ।
यस महिनाको अन्त्यमा बार्सिलोनाको एमडब्लुसीमा सोनीको एक्सपेरिया १ भी आधिकारिक रुपमा घोषणा गरिने संभावना रहेको छ।
उक्त स्मार्टफोन एमडब्लुसीमा आउने वा नआउने अझै निश्चित नभएपनि आधिकारिक रुपमा घोषणा हुनु अघि नै उक्त आगामी फ्ल्यागसिप स्मार्टफोनको ईमेज लीक भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
एक्सपेरिया १ आईभीको क्यामरा आईल्याण्डको तुलनामा उक्त नयाँ स्मार्टफोनमा टीओएफ क्यामरा र आरजीबी आईआर सेन्सर समावेश नभएको बताइएको छ। उक्त नयाँ एक्सपेरिया १ भी मा तीन ठूला सेन्सरहरु (एक्सपेरिया १ आईभी को भन्दा ठूलो) समावेश गरिएको र सबैभन्दा तल्लोमा पेरिस्कोप क्यामरा रहेको बताइएको छ। साथै गत वर्षको ह्याण्डसेटमा आईल्याण्ड बाहिर रहेको एलईडी फ्ल्यास आगामी मोडलमा भने आईल्याण्ड भित्र सारिएको उल्लेख गरिएको छ।
उक्त नयाँ फोनको क्यामरा आईल्याण्डको दाहिने भागमा एनएफसी लोगो पनि रहेको बताइएको छ। साथै फोनमा रहेको उक्त एनएफसी लोगोले लीक भएको उक्त यूनिट एक्सपेरिया १ भी को अन्तराष्ट्रिय भर्सन हुनसक्ने अनुमान छ।
उक्त नयाँ एक्सपेरिया १ भी मा क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरिने र त्यसलाई कुनै आश्चर्य मान्नु नपर्ने भनी वेईबोमा एक चिनियाँ लीकस्टरले उल्लेख गरेको छ। साथै उक्त एसओसी समावेश गर्ने एक्सपेरिया १ भी सबैभन्दा पातलो स्मार्टफोन हुने र सोही कारणले गर्दा उक्त फोन सबैभन्दा (लोकप्रिय) हटेस्ट स्न्यापड्रागन ८ जेन २ डिभाइस बन्ने अपेक्षा गरिएको बताइएको छ। त्यसैगरी फोनको पातलोपनलाई साथ दिने सोनीसँग केहि प्रकारको कूलिंग सोलुसन रहेको अपेक्षा गरिएको छ।
यदि एक्सपेरिया १ भी वास्तवमा नै एमडब्लुसीमा घोषणा गरियो भने उक्त स्मार्टफोनको बारेमा सबै सम्भावित जानकारी पत्ता लगाउनबाट केही हप्ता मात्र टाढा हुने र साथै यस बीचमा उक्त स्मार्टफोनको बारेमा निश्चित रुपमा थप लीकहरू पप अप हुने उल्लेख गरिएको छ।
प्रकाशित: २० माघ २०७९, शुक्रबार