‘नेपाली केटी’ नामक एप मार्फत बैंक एकाउन्ट ह्याक गर्ने आठ जना पक्राउ

  • Technology Khabar | २० माघ २०७९, शुक्रबार
‘नेपाली केटी’ नामक एप मार्फत बैंक एकाउन्ट ह्याक गर्ने आठ जना पक्राउ

काठमाडौं ।

‘नेपाली केटी’ नामक एप मार्फत बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन्।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

सोही उजुरीको आधारमा अनुसन्धान गर्दा सो कार्यमा संलग्न रहेका आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

उनकाअनुसार पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमार रहेका छन्।

पक्राउ परेका व्यक्तिहरुले संगठित रुपमा विद्युतिय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गर्ने गरेको देखिन आएको प्रहरीले जनाएको छ।

उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए। जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे।

प्रहरीकाअनुसार ‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएका थिए। जसमार्फत धेरै व्यक्तिहरुको नम्बर हासिल गरेका थिए र सोही नम्बरहरुमा उक्त एपको लिंक पठाउने गरेका थिए।

यसका लागि ठेगाना पत्ता नलागोस् भनेर उनीहरूले भीपीएन प्रयोग गर्ने गरेका थिए। सो एपको लिंक खोल्नबित्तिकै फोनमा आफैं डाउनलोड हुने गरी सिस्टम बनाएका थिए।

काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो।

उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटिएम कार्ड पनि बरामद गरिएको छ। पक्राउ परेका आठै जनालाई बैंकिङ कसुर मुद्दामा अदालतको आदेशबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० माघ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

आईफोन १८ को मूल्य १०० डलरसम्म बढ्न सक्ने

  • Technology Khabar
  • २० माघ २०७९, शुक्रबार