रिमुभेबल ब्याट्रीयुक्त टीसीएल आयन एक्स मोबाइल अमेरिकामा सार्वजनिक

  • Technology Khabar | १४ माघ २०७९, शनिबार
रिमुभेबल ब्याट्रीयुक्त टीसीएल आयन एक्स मोबाइल अमेरिकामा सार्वजनिक

काठमाडौं ।

आजभोली प्राय सबै स्मार्टफोनहरू नन्– रिमुभेबल ब्याट्रीहरूका साथ उपलब्ध हुने गरेता पनि टीसीएल ले भने रिमुभेबल ब्याट्री सहितको आयन एक्स फोन सार्वजनिक गरेको छ। साथै अमेरिकमा उक्त नयाँ फोनको मूल्य ११९ अमेरिकी डलरमा मेट्रो मार्फत उपलब्ध भईरहेको उल्लेख गरिएको छ।

टीसीएलको उक्त नयाँ आयन एक्स फोनमा ३००० एमएएचको रिमुभेबल ब्याट्री समावेश गरिएको र समयसँगैे ह्रास आउने ब्याट्रीलाई स्वाप गरी नयाँ ब्याट्रीले प्रतिस्थापना गर्न सकिन्छ। तत्काल टप–अपका लागि अतिरिक्त ब्याट्री साथमा बोक्नु नै उपयुक्त हुने भएको र त्यसैगरी अझै पनि पूर्ण रुपमा चार्ज गरिएको ब्याट्री भएको फोन प्राप्त गर्ने सबैभन्दा छिटो तरिका भनेको रिमुभेबल ब्याट्री नै एक मात्र सहज विकल्प रहेको उल्लेख गरिएको छ।

त्यसैगरी टीसीएलको आयन एक्समा रिमुभेबल ब्याट्रीको साथै स्टोरेज विस्तारको लागि माईक्रोएसडी स्लट र ३.५ एमएमको हेडफोन ज्याक जस्ता थप दुईओटा फिचरहरु पनि समावेश गरिएको छ। आजभोली प्राय स्मार्टफोनहरुमा उक्त फिचरहरु लोप हुँदै गइरहेको बताइएको छ।

टीसीएलको आयन एक्समा रहेको अन्य हाईलाइट्सहरुमा हेलियो जी२५एसओसी, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज (५१२ जीबी सम्म विस्तार गर्न मिल्ने) हरु रहेका छन्। साथै ६ इन्चको एचडी डिस्प्ले रहेको उक्त स्मार्टफोन एन्ड्रोइडको आननोन् भर्सनमा आधारित रहेको बताइएको छ।

त्यसैगरी आयन एक्समा १३ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश गरिएको छ भने उक्त दुई क्यामराले ३०एफपीएस को १०८०पी भिडियो खिच्न संक्षम रहेको उल्लेख गरिएको छ। साथै उक्त फोनमा ब्लुथुट ५.१ र यूएसबी–सी समावेश गरिएता पनि फाइभजी नेटवर्क भने सपोर्ट नगर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १४ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...