ब्राजिलको टेलिकम अपरेटर टिम ब्राजिलले दुर्गम क्षेत्रहरूमा स्याटेलाइटमार्फत फोरजी सेवा दिने

  • Technology Khabar | १२ माघ २०७९, बिहीबार
ब्राजिलको टेलिकम अपरेटर टिम ब्राजिलले दुर्गम क्षेत्रहरूमा स्याटेलाइटमार्फत फोरजी सेवा दिने

काठमाडौं ।

दक्षिण अमेरिकी देश ब्राजिलको टेलिकम अपरेटर टिम ब्राजिलले एएसटी स्पेस मोबाइलसँग ब्राजिलका दुर्गम क्षेत्रहरूमा स्याटेलाइट मार्फत फोरजी कनेक्टिभिटी उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ।

एएसटी स्पेसमोबाइलले फोरजी सिग्नल सिधै मोबाइल फोनमा डेलिभर गर्न लो अर्थ अर्बिट (लियो) भूउपग्रहहरू प्रयोग गर्दछ। जसमा विशेष हार्डवेयर, सफ्टवेयर वा स्याटेलाइट डिशहरूको आवश्यकता बिना नै सेवा संचालन हुनेछ।

स्याटेलाइटहरूले क्यू र भी ब्यान्डहरूमा उच्च फ्रिक्वेन्सीहरू प्रयोग गर्छन्।

उक्त प्रस्ताव सञ्चालक र स्याटेलाइटका लागि जिम्मेवार कम्पनीबीच भएको समझदारीबाट आएको हो। विज्ञप्तिमा, कम्पनीले भूउपग्रहहरूसँग “डायरेक्ट-टू-सेल” परीक्षणहरू गर्न चाहेको उल्लेख गरेको छ।

सो टेक्नोलोजीको स्टारलिंकसँग केहि समानताहरू छन्, जसले आफ्ना प्रयोगकर्ताहरूलाई इन्टरनेट प्रदान गर्न लो अर्थ अर्बटिका स्याटेलाइटहरू पनि प्रयोग गर्दछ।

तर यसको फरक भनेको स्थलीय एन्टेनाहरूमा भरोसा नगरी स्मार्टफोनहरूमा सिग्नल ल्याउने उद्देश्यले एएसटी स्पेस मोबाइलले मोबाइल नेटवर्कहरूमा फोकस गर्ने बताईएको छ।

प्रकाशित: १२ माघ २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...