एफवान सफ्टको बैंकर्स मिटअप, डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

  • Technology Khabar | ८ माघ २०७९, आईतवार
एफवान सफ्टको बैंकर्स मिटअप, डिजिटल क्रेडिट बैंकिङ्ग प्रविधिबारे छलफल

काठमाडौं ।

फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो। उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्टग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि, मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुनरूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो। साथै कार्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो। कार्यक्रममा आगामी दिनमा बैंकिङ्ग क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।

राजधानीको याक एण्ड यति होटलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने “हामीले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये बैंकर्स मिटअप एक हो। यो कार्यक्रममा एफवान सफ्टले लिइरहेको दिशालाई कसरी सञ्चार गर्ने भन्ने कुरामा छलफल गर्न पाउँदा खुशी लागेको छ। हामीले बैंकिङ्ग उद्योगबाट प्राप्त गरेको विश्वास र समर्थन हाम्रो लागि महत्वपूर्ण छ। यो कार्यक्रमले हामीलाई थप हौसला मिलेको छ र हामी हाम्रा साझेदारबाट थप सुझावको अपेक्षा गरिरहेका छौँ।”

एफवान सफ्ट इन्टरनेशनल डिजिटल बैंकिङ्ग र वित्तीय क्षेत्रमा प्रविधिमार्फत सेवा प्रदान गर्ने अग्रणी फिनटेक कम्पनी हो। सन् २००४ मा स्थापना भएको यस कम्पनीले प्रविधि मार्फत बैंकिङ्ग क्षेत्रमा रहेका समस्यालाई समाधान गर्दै बैकिङ्ग भुक्तानी प्रणाली तथा यस क्षेत्रलाई प्रविधिमा आवश्यक पर्ने थप अनुसन्धान तथा प्रयोग गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: ८ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार