
काठमाडौं ।
फ्रान्सको कार कम्पनी सिट्रोनले भारतमा आफ्नो किफायती इलेक्ट्रिक कार सार्वजनिक गर्ने तयारी गरेको छ। ड्राइभस्पार्कका अनुसार सिट्रोनले आफ्नो इलेक्ट्रिक कारको टीजर भिडियो सार्वजनिक गरेको छ।
सिट्रोनले आफ्नो सी३ कम्प्याक्ट एसयूभीको इलेक्ट्रिक मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। सिट्रोन सी३ को भारतीय बजारमा टाटा नेक्सन र टियागो ईभीसँग प्रतिस्पार्धा हुनेछ। यो ईभी भारतीय बजारमा १० देखि १२ लाख भारु एक्स शोरुम मूल्यमा बिक्री गरिनेछ।
फिचर
सिट्रोन सी३ इलेक्ट्रिक मोडलमा चार पावर विन्डो, स्टेयरिङ माउन्टेड अडियो र ब्लूटूथ कन्ट्रोल र इलेक्ट्रोनिक रियरभ्यू मिरर लगायत फिचर दिइने छ। यसमा सी३ को पेट्रोल भसर्सनसँग मिल्दो जुल्दो डेटाइम रनिङ लाइज, डिजिटल स्पीडोमिटर, एप्पल कारप्ले र एन्ड्रोइड अटोका साथ १० इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम पनि दिइनेछ।
२५० किलोमिटर रेञ्ज
रिपोर्टसका अनुसार सिट्रोन सी३ इलेक्ट्रिकले फुल चार्जमा २०० देखि २५० किलोमिटर रेञ्ज प्रदान गर्छ। कम्पनीले यसमा उच्च क्षमतको लिथियम आयन ब्याट्री प्रयोग गर्नेछ। यसले फ्रास्ट चार्जिङ पनि सपोर्ट गर्नेछ। सी३ इलेक्ट्रिकको फ्रन्ट एक्सेलमा इलेक्ट्रिक मोटर लगाइने छ। ज्सले अघिको दुवै पांग्रालाई पावर दिन्छ।
सी३ इलेक्ट्रिक सिरिजका साथै सिट्रोनले भारतमा आफ्नो उत्पादन लाइनअपमा एम मध्यम आकारको एसयूभी पनि ल्याउने योजनामा छ।
प्रकाशित: २ माघ २०७९, सोमबार