सेन वील्शनले जिते भर्चुअल हट ल्याप कम्पिटिसन

  • Technology Khabar | २७ पुष २०७९, बुधबार
सेन वील्शनले जिते भर्चुअल हट ल्याप कम्पिटिसन

काठमाडौं ।

विश्वमै लोकप्रयि ईस्पोटर्स नेपालको मोटर स्पोटर्समा प्रवेश भएको छ। सिमुलेटर प्रयोग गरि साच्चिकै ट्रयाकमा खेलेको अनुभुतिहुने भएकाले विश्व भर निकै लोकप्रिय यो खेल नेपालमा फ्रन्टियर मोटोरस्पोर्टले जनवरी ५ देखी ८ सम्म आयोजना गरी सम्पन्न भएको छ ।

भर्चअल हट ल्याप कम्पिटेसन नामक सो प्रतियोगितामा सेन वील्शन पहिलो भएका छन् भने निमन शाक्य र अनिश शर्मा क्रमश दोस्रो र तेस्रो भएका छन् । नाशा ईस्पोटर्स टिमका संयोजक समेत रहेका दिग्विजय अधिकारले प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताएका छन् ।

म्याकलेरन ५७० एस जीटी४ कारको गरि झंडभूर्ट ट्रयाकमा खेलिएको सो रेस जनवरी ५ र ७मा बौद्धको जीक्याफेमा आयोजना र जनवरी ६ मा बालुवाटारको क्याफे सोमा ३६ जनाले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये उत्कृृष्ट १० प्रतिस्पर्धीले जनवरी ८ मा पटिस्टोप कर्पोरेटमा भएको फाइनलमा खेलेका थिए ।

अटोमोबाइलको अन्तर्राष्ट्रिय महासंघ एफआईएले पनि ईस्पोटर्स केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै छ र मोटर स्पोटर्स मुख्य विधाको रुपमा यो स्थापित हुँदैछ भने सिङ्गापुरमा आयोजना हुने ओलम्पिक ईस्पोटर्सको रेसिङ्गलाई निकै चासोको साथ हेरिएको छ। नेपालमा १५ वर्ष देखि मोटर स्पोटसर््मा संलग्न नासा नेपालले ईस्पोटर्सको टिम निर्माण गरि यसै किसिमको कार्यक्रमहरु आयोजना गर्नेछ।

प्रकाशित: २७ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...