भुक्तानी सेवा प्रदायकहरुको शिखर सम्मेलन आयोजना गरिँदै

  • Technology Khabar | २० पुष २०७९, बुधबार
भुक्तानी सेवा प्रदायकहरुको शिखर सम्मेलन आयोजना गरिँदै

काठमाडौं ।

स्विभट टेक्नोलोजिजअन्तरगतको वित्तीय प्रविधि कम्पनी सयपत्रीले आफ्नो पहिलो वार्षिक भुक्तानी सेवा प्रदायक (पीएसपी) शिखर सम्मेलनको आयोजना जनवरी १०, २०२३ मा गर्ने भएको छ।

यस प्रिमियर कार्यक्रमले भुक्तानी सेवा प्रदायक उद्योगको पछिल्लो प्रवृत्ति र विकासका बारेमा छलफल गर्न उद्योग व्यवसायी र विचारशील नेताहरूलाई एकसाथ ल्याउने कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा प्रमुख विशेषज्ञहरूसँग प्यानल छलफलका साथै भारत पे का संस्थापक अशनीर ग्रोभरले मुख्यरुपमा आफ्नो विचार प्रस्तुत गर्ने जानकारी दिईएको छ।

“हामी पीएसपी शिखर सम्मेलनको आयोजना गर्न पाउँदा र त्यस्ता प्रतिभाशाली व्यक्तिहरूको समूहलाई एकै ठाउँमा ल्याउन पाउँदा हर्षित छौ” स्विभट टेक्नोलोजीका एमडी समिता राना मगरले भनिन, “भुक्तानी सेवा प्रदायक उद्योग निरन्तर विकसित हुँदै गइरहेको छ र यो कार्यक्रमले पेशेवरहरूलाई उनीहरूको अन्तर्दृष्टि र अनुभवहरू साझा गर्न प्लेटफर्म प्रदान गर्नेछ किनकि हामी थप नवीन र कुशल भविष्यतर्फ काम गर्छौं।”

प्रकाशित: २० पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार