
काठमाडौं ।
अर्को त्रैमासिकमा इलेक्ट्रिक कार निर्माता टेस्ला इंकमा कटौतीको अर्को लहर आउँदैछ। समाचार वेबसाइट इलेक्ट्रेकले यस विषयमा परिचित स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।
रिपोर्टका अनुसार टेस्लाले हायरिङ पनि रोक्न लागेको छ।
यो कदम यस्तो समयमा आएको छ, जब टेस्लाका लगानीकर्ताहरूले प्रमुख कार्यकारी इलन मस्क ट्विटर प्रबन्धनमा लागेसँगै कम्पनीमा ध्यान नदिने चिन्ता व्यक्त गरेका छन्। मस्कले अक्टोबरमा ४४ अर्ब डलरमा सोशल मिडिया प्लेटफर्म किनेका थिए।
प्रकाशित: ७ पुष २०७९, बिहीबार