टेस्लाले अमेरिकामा डिसेम्बरको डेलिभरीमा छुट बढायो

  • Technology Khabar | ८ पुष २०७९, शुक्रबार
टेस्लाले अमेरिकामा डिसेम्बरको डेलिभरीमा छुट बढायो

काठमाडौं ।

टेस्लाले यस महिना डेलिभर हुने सबै मोडल ३ र मोडल वाई ईभीमा ७ हजार ५०० अमेरिकी डलर छुट तथा मूल्य समायोजन दिने भएको छ।

अमेरिकाको नीतिका कारणले पछिल्लो समय टेस्लाले ईभी बिक्रीमा समस्या सामना गरिरहेको छ।

टेस्लाले अमेरिकीमा २० लाख भन्दा बढी ईभी बिक्री गरिसकेको छ। यसको मतलब कम्पनी अब ईभीका लागि अमेरिकी संघीय कर क्रेडिटका लागि योग्य छैन। तर टेस्ला खरिद गर्न चाहने ग्राहकले ७ हजार ५०० अमेरिकी डलरसम्मको मूल्यमा प्रोत्साहन प्राप्त गर्ने अपेक्षा गरिएको इलेक्ट्रेकले उल्लेख गरेको छ।

यो प्रोत्साहन सन् २०२३ लागि राखिएको थियो। जनवरी १ वा त्यसपछि ईभी डेलिभरी पाउने ग्राहक मात्र यो प्रोत्साहनका लागि योग्य हुनेछन्।

यसले अमेरिकामा नयाँ टेस्ला ईभी खरिद गर्न नयाँ वर्षसम्म पर्खन ग्राहकलाई प्रोत्साहन गरिरहेको छ। यस प्रावधानका कारण ईभी बुकिङ रद्द गर्नेको संख्या बढी रहेको छ।

यस समस्यासँग लड्नका लागि टेस्लाले ग्राहकलाई ३ हजार ७५० अमेरिकी डलर छुट दिन शुरु गरेको थियो। यो ७ हजार ५०० क्रेडिट छुटको आधा भएकाले धेरै ग्राहक कम्पनीको अफरबाट आकर्षित हुन सकेनन्।

यस्तो प्रयासका बाबजुत पनि डेलिभरी बढ्न नसेपछि कम्पनीले डिसेम्बरमा डेलिभरी लिने ग्राहकलाई निःशुल्क १० हजार माइल सुपरचार्जिङ पनि प्रदान गर्न थालेको छ।

सीईओ इलन मस्कले टेस्लाले छुट नदिने बताउँदै आएका छन्। त्यसैले कम्पनीले यसलाई मूल्य समायोजन भन्दै आएको छ।

प्रकाशित: ८ पुष २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार