Technology Khabar २ जेष्ठ २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, २ जेठ । अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले फोन चार्ज गर्ने समस्या भोग्ने गरेका छन् । अहिलेको अधिक क्षमताका स्मार्टफोन पुरै चार्जगर्न आधा घण्टादेखि आधा दिनसम्म लाग्ने गरेको छ । अझ निकै जरुरी काम भएको बेलामा काम गरिरहँदा फोन चार्ज सकिएर हैरान हुने अधिकांश मोबाइल फोन प्रयोगकर्ता छन् ।
तर अब यस्तो समस्याबाट मुक्त हुने प्रविधि आउन लागेको छ । मोबाइल फोन चार्ज गर्न अधिक समय लागिरहेको बेलामा नयाँ प्रविधि आविश्कार भएको छ जसले केबल ५ मिनेटमा नै तपाईँको स्मार्टफोनलाई पुरै चार्ज गर्नेछ ।
स्मार्टफोनको ब्याट्रीलाई पुरै चार्ज गर्न केबल ५ मिनेट मात्र लाग्ने यस्तो प्रविधि आगामी वर्षसम्म ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् ।
यस्तो प्रविधि सबैभन्दा पहिले सन् २०१५ मा देखिएको थियो, जहाँ इजरायली स्टार्टअप स्टोरडटले लास भेगासमा भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शोमा फ्ल्याशब्याट्री देखाएको थियो ।
सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोरोन मासडोर्फकाअनुसार यो प्रविधिको उत्पादन सन् २०१८ को शुरुवातमा शुरु हुने अपेक्षा गरिएको छ ।
तर यो प्रविधि कुन कम्पनीले पहिलो पटक उत्पादन गरेर प्रयोग गर्नेछ भन्ने बारेमा भने कुनै जानकारी दिईएको छैन् ।
सो कम्पनीको ब्याट्रीमा नन–ट्रेडिसनल रियाक्सनको लागि सामाग्रीहरु राखिएकोछ र यसमा एनोड टू क्याथोडमा तिब्ररुपमा आयोन प्रसार गर्दछ, यो एउटा इलेक्ट्रिकल प्रकृया हो जसले ब्याट्रीलाई चार्ज गर्दछ । यसमा नानो मेटेरियलल्स प्रयोग गरिएको बताईएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार अब केबल ५ मिनेटमा यो प्रबिधिबाट स्मार्टफोन चार्ज हुनेछ ।
मायर्सडोर्फकाअनुसार यो प्रविधिको पाइलट उत्पादन हुरु भईसकेको छ, जसलाई दुईवटा एशियाली ब्याट्री उत्पादकहरुले उत्पादन गरेका थिए र यसको बृहत उत्पादन सन् २०१८ को पहिलो चौमासिकमा शुरु हुने अपेक्षा गरिएको छ ।
स्टोरडलले गत साता मात्रै बर्लिनमा आयोजना भएको टेक शोमा इलेक्ट्रीक कार ब्याट्री पनि सार्वजनिक गरेको थियो जसलाई ५ मिनेटमा नै चार्ज गर्न सकिनेछ ।
कम्पनीले ५ मिनेटमा चार्ज गरिएको ब्याट्री करिब ३०० माइलको रेन्जसम्म यात्रा गर्न सकिन्छ । तर यो प्रविधिभएको ब्याट्रीको विकास गर्न अझै समय ३ वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।
यस्तै तिब्ररुपमा ब्याट्री चार्ज गर्नको लागि अन्य कम्पनीहरुले पनि अनुसन्धान गरिरहेका छन भने केहि कम्पनीले नयाँ प्रविधिहरु सार्वजनिक गरिरहेका छन् ।
विश्लेषकले भने यो प्रविधिको बारेमा अझै आशंका रहेको बताएका छन् ।
प्रकाशित: २ जेष्ठ २०७४, मंगलवार