भिभो एक्स ९०प्रो प्लस लन्च हुँदै, यस्तो छ स्मार्टफोनद्वारा खिचिएको तस्बिर

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
भिभो एक्स ९०प्रो प्लस लन्च हुँदै, यस्तो छ स्मार्टफोनद्वारा खिचिएको तस्बिर

काठमाडौं ।

नेक्स्ट जेन भिभो फ्ल्यागसिप अन्तरगत भिभो एक्स ९० सिरिज सार्वजनिक हुन केहि हप्ता मात्र बाँकी रहेको छ। कम्पनीले आफ्नो नयाँ आउन लागेको फोनको प्रचार प्रसारको निम्ति केहि महत्वपूर्ण र प्रमुख फिचर सार्वजनिक गरेको छ।

कम्पनीले आधिकारिक रुपमा भिभो एक्स ९०प्रो प्लस द्वारा खिचिएको केहि तस्बीर सार्वजनिक गरेको हो। बढ्दो बजार प्रतिस्पर्धालाई मध्यनजर गरी ग्राहकहरुको ध्यानकर्षणको लागि भिभो एक्स ९०प्रो प्लसद्वारा खिचिएका तस्बीरहरु सार्वजनिक गरेको बताएको छ।

भिभो एक्स ९०प्रो प्लसद्वारा खिचिएको तस्बीर एकदमै उच्चस्तरिय र प्रभावकारी रहेको उल्लेख गरिएको छ। विशेषत नाइट मोडमा खिचिएको तस्बीर विस्तृत, प्रभावकारी र मनमोहक रहेको उल्लेख गरिएको छ।

यसैगरी सो कम्पनीले सार्वजनिक गरेको तस्बिर टिल्ट सिफ्ट फोटोग्राफी फिचर प्रयोग गरी खिचिएको हुनसक्ने अनुमान गरिएको छ। यो फिचर अब आउने भिभो एक्स ९०प्रो प्लसमा समावेश हुने चर्चा छ।

‘टिल्ट सिफ्ट फोटोग्राफी’ भन्नाले एक प्रकारको भिन्न र रचनात्मक किसिमको फोटोग्राफी भन्ने बुझिन्छ जसमा क्यामरालाई फिचरले प्रदान गरेअनुसार हेरफेर गर्दा विषय वस्तुको आकारलाई घटाइ सानो बनाउँदा काल्पनिक दुनियाको जस्तो देखिने गर्दछ।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...