मोटोरोला एज ४० प्रोले १२५ वाट चार्जिङ सर्पोट गर्ने

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
मोटोरोला एज ४० प्रोले १२५ वाट चार्जिङ सर्पोट गर्ने

काठमाडौं ।

मोटोरोलाले गत वर्ष स्मार्टफोनमा पहिलो पटक स्न्यापड्रागन ८ जेन २ को शुरुवात गरेको थियो। यो वर्ष पनि केहि नयाँ गर्ने सोच अन्तर्गत मोटोरोला एज सिरिज जेनेरसन अन्तर्गतको मोटोरोला एज ४० सिरिज शुरुवात गर्ने भएको गिगचाइनाले उल्लेख गरेको छ।

यो पटक पनि मोटोरोलाले नियमीत रुपमा जस्तो शुरुमा चाइनिज भेरिएन्ट मोटोरोला एक्स ४० को रुपमा चिनियाँ बजारमा सार्वजनिक गर्नेछ। त्यस लगत्तै मोटोरोला एज ४० प्रो ग्लोबल भेरिएन्टको रुपमा विश्व बजारमा ल्याइनेछ।

उत्तm स्मार्टफोन विगतको जस्तै स्न्यापड्रागन ८ जेन २ नै रहने छ। ग्लोबल भेरियन्टले एफसीसी मान्यता प्राप्त गरिसकेको स्थितीमा उत्तm स्मार्टफोनले भने ग्लोबल भेरियन्ट अनुसार १२५ वाट फास्ट चार्जीङ सर्पोट गर्नेछ।

मोटोरोला एज ४० प्रो पूर्ण रुपमा वायरलेस हुनेछ। यद्दपि वायरलेस चार्जीङमा कस्तो स्पेसफिकेसन हुनेछ भन्ने खुलेको छैन।

मोटोरोला एज ४० प्रोमा रहेको कर्भ ओएलईडी स्क्रीनले १६५ हर्ज रिफ्रेस रेट प्रदान गर्छ। साथै यसमा ठूलो ब्याट्री दिइने सम्भावना छ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...