स्मार्ट च्वाइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन “फास्ट बैंकिङ्ग“ सार्वजनिक

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
स्मार्ट च्वाइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन “फास्ट बैंकिङ्ग“ सार्वजनिक

काठमाडौं ।

नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्कििएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्बजनिक गरिएको छ।

बुधबार नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एप अनावरण गरेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताए।

हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा बिशेष गरि भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधा लिन अझैपनि बैंककै शाखामा नै धाउनुपर्ने बाध्यता रहेको परिस्थिति औल्याउदै सो सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने जानकारी दिए ।

फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहक हरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने जानकारी दिए।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरि सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने बारेमा प्रकाश पारेका थिए।

स्मार्ट च्वाइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोख्रेलले अनबरतरुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रबर्द्धनमा लागिरहने प्रतिबद्धता ब्यक्त गरे।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

शाओमी अब एयरड्रप पार्टीमा सामेल भयो

  • Technology Khabar
  • १ मंसिर २०७९, बिहीबार