जीएमले इलेक्ट्रिक कारबाट २०२५ पछि मात्र नाफा कमाउने

  • Technology Khabar | ३० कार्तिक २०७९, बुधबार
जीएमले इलेक्ट्रिक कारबाट २०२५ पछि मात्र नाफा कमाउने

काठमाडौं ।

जनरल मोटर्सको यस हप्ता एक महत्तवपूर्ण लगानकिर्ता बैठक हुँदैछ। यसमा विद्युतीय सवारीमा गरिएको लगानी कतिको फलदायक हुन्छ भनेर व्याख्या गरिने छ।

जीएमको प्रस्तुतीकरण विवरणहरु लीक भएको छ। यदि दाबीहरु सत्य छन् भने नोभेम्बर १७ मा हुने बैठकले २०२५ सम्म ईभी व्यावसायले कसरी पैसा निर्माण गर्नेछ भनेर विस्तृत रुपमा छलफल गरिनेछ।

ब्लूमबर्गको रिपोर्ट अनुसार कम्पनीको सफलता बिक्री लक्ष्यामा निर्भर छ। अटोमेकरले सोही वर्ष १ मिलियन इलेक्ट्रिक सवारी बिक्री गरेको छ।

जनरल मोटर्सले ओहायो (कोरियाको एलजी इनर्जी सँगको संयुक्त उद्यम) मा ब्याट्री उत्पादनको अपेक्षा गरेभन्दा ढिलो सुरुवातले ईभी बिक्रीमा सुस्ता छाएको बताएको छ।

कम्पनीले २०२२ को शुरुदेखि अर्को वर्षको अन्त्यसम्म ४ लाख यूनिट ईभी बिक्री गर्ने अनुमान गरेको थियो। तर त्यो समय सीमालाई अझै केही महिना विस्तार गरेको छ।

अहिलेको अवस्थालाई हेर्दा कम्पनीले २०२४ अघि लक्ष्य अनुसारको बिक्री गर्ने योजना भेटाउन मुस्किल देखिन्छ। यसका लागि पनि कम्पनीले आक्रमक रुपमा ईभी उत्पादन गर्नु पर्ने हुन्छ।

कम्पनीले २०२२ मा ४४ हजार यूनिट ईभी मात्र बिक्री गर्न सफल भएको छ। यस्तो अवस्थामा टेस्लाले पनि आफ्नो बिक्रीलाई बढाउन सकेको छैन।

ब्लूमबर्गका अनुसार जीएमले आफ्नो ईभी कार्यक्रमले २०२५ सम्म नाफा कमाउन थाल्छ भन्ने घोषणा गर्न अर्को लगानीकर्ता दिन प्रयोग गर्ने अपेक्षा गरिएको छ। तर ब्याट्री–संचालित मोडेलहरूले अझै पनि आगामी वर्षहरूमा आन्तरिक–दहन सवारी साधनहरूको तुलनामा कम मार्जिन भएको मानिन्छ।

प्रकाशित: ३० कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...